|
|
|
||
जहाजी सैनिकहरूको स्वास्थ्य सुरक्षाको माग गर्दै पत्र पठाएको अभियोगमा ३ तारिख अमेरिकी आणविक शक्ति संचालित विमानवाहक जहाज यू.एस.एस. थिओडोर रूजबेल्टका क्याप्टेन ब्रेट् क्रोजिअरलाई पदच्यूत गरिएको थियो। अमेरिकी धारणा अनुसार, जहाजमा बसेका हजारौँ सैनिकको ज्यानलाई बचाउन खोज्ने क्रोजिअर बहादुर हुनैपर्थ्यो। तर ती बहादुरले नपाउनुपर्ने सजाय पाएका छन्। त्यसका पछाडि के रहस्य छ?
अमेरिकी सीएनएनका अनुसार, उक्त रूजबेल्ट जहाजमा हालसम्म १३७ जना सैनिकको कोभिड-१९ टेस्ट पोजेटिभ देखिएको छ भने अमेरिकामा संक्रमित सैनिकको संख्याको १० प्रतिशत नाघिसकेको छ। तर उदेकलाग्दो कुरा भनेको अमेरिकी सेनाले क्रोजिअरको गलत निर्णयका कारण बर्खास्त गरिएको निर्णय सार्वजनिक गरेको छ। यस्तै जिम्मेवारी हस्तान्तरणको कार्वाहीबाट जनमतमा भने ठूलो हल्ला उछालिएको छ। अमेरिकी पूर्व राष्ट्रपति जोसेफ बाइडेनले आलोचना गर्नुभयो कि क्रोजिअरलाई बर्खास्त गर्नु नै पत्र पठाउने मान्छेलाई गोली ठोकेभन्दा फरक छैन।
केही विश्लेषकको विचारमा उक्त गतिविधिको पछाडि अमेरिकी सेनाका तीनवटा लक्ष्य देखिन्छन्।
एक, क्रोजिअरले गोपनीयता भंग गरेकाले सजाय दिइएको हो। महामारी फैलिएयता अमेरिकाको महामारी नियन्त्रण कार्यप्रति धेरै आलोचना भएको छ भने अमेरिकी सरकारको ढिलो प्रतिकृयामाथि अमेरिकी सर्वसाधारणलाई निकै असन्तोष लागेको छ। तर क्रोजिअरले अमेरिकी नौसेनाका उच्च तहलाई पत्र पठाएर उद्धार माग्नुका साथै उक्त पत्र मिडियाबाट सार्वजनिक भएबाट महासागरमा रहने जहाजको महामारी अवस्था तथा सेनाको प्रतिकृयाको अयोग्यता सबैसमक्ष छताछुल्ल भएको छ र अमेरिकी नौ सेनाका उच्च तहको निष्क्रियता पनि देखिएको छ।
दुई, विमान वाहक जहाजमा ठूलो मात्रामा महामारी संक्रमित गतिविधिको सामना गर्न अमेरिकी नौसेनाले बलिको बोका बनाएर, क्रोजिअरमाथि समस्या समाधानमा अक्षमताको दोष लगाउँदै जिम्मेवारी हस्तान्तरण गर्न खोजेको छ।
तीन, गोपनीयता खोलेबाट आफ्नै रणनीतिक प्रभावमाथि असर पुग्ने विचार अमेरिकी सेनाले लिएको छ। त्यसैले चेतावनीको रूपमा अरूलाई देखाएर यस्तो कुरा फेरि नहोस् भन्नेतर्फ संकेत गरेको छ।
ती तीन लक्ष्यबाट अमेरिकी नौसेनाको उच्च तह र अमेरिकी संयुक्त सरकारबीच महामारी नियन्त्रणको विचार उस्तै उस्तै भएको देखिएको छ। उनीहरू महामारी नियन्त्रण गर्न कम्जोर देखिए पनि महामारी नियन्त्रणको तथ्य नै लुकाउन खोजिरहेका छन्।
निजी हितमा मात्रै तर ज्यानमा ध्यान नदिने अमेरिकाको निर्णय र व्यवस्थापन महामारी नियन्त्रणमा लक्षित देखिँदैन। केही अमेरिकी सेना तथा राजनीतिक नेता अनि समस्त शासन प्रणालीमा ब्युरोक्रेटिक बानी देखापरेको छ र अमेरिकामा महामारी नियन्त्रणमा ढिलाइ हुनुको प्रमुख कारण पनि यो नै हो। लुकाउने र ब्युरोक्रेटिक शैलीलाई छिटै पन्छाएर अमेरिकी सर्वसाधारण तथा सेनाको ज्यानलक्षित यस महामारी विरूद्ध लडाईँको लागि व्यवहारिक कार्यन्वयन गर्नु जरूरी देखिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |