|
|
|
|||||||||
|
||

हाल विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुस, संयुक्त राष्ट्र संघीय खाद्यन्न तथा कृषि संगठनका महाप्रबन्धक छ्यु तुङ यु र विश्व व्यापार संगठनका महाप्रबन्धक रोबर्टो एजेवेडोले केही मुलुकहरूले खाद्यन्नको निर्यात सिमित पारेका सूचनबारे वक्तव्य प्रकाशित गर्दै विभिन्न मुलुकसँग महामारीका कारण खाद्यन्न संकट उत्पन्न हुन सक्ने भन्दै चेतावनी दिनु भएको छ। सूचना सार्वजनिक भएपछि धेरै मुलुकका नागरिकहरूले यसबारे चिन्ता लिएको र खाद्यन्नको खरिदको आतंक चलेको छ।

चीनको राज्य परिषदअन्तर्गत विकास अध्ययन केन्द्रको ग्रामीण अर्थ विभागका प्रमुख य सिङ छिङले चीनसँग एक अर्ब चालीस करोड जनसंख्याका लागि खाद्यन्नको संरक्षण गर्ने शक्तिशाली उत्पादन क्षमता रहेको कुरा बताउनुभयो।
संयुक्त राष्ट्र संघीय खाद्यन्न तथा कृषि संगठनले चालू वर्ष मार्च महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, बजारको आपूर्ति पर्याप्त भएका कारण चीनको चालमको मूल्य गत वर्षको सोही अवधिको तुलनामा कमी भएको छ।

हाल विश्व खाद्यन्न सुरक्षामा त्रास-धम्की परेको छैन। संयुक्त राष्ट्र संघीय खाद्यन्न तथा कृषि संगठनका प्रथम अर्थशास्त्री माक्सिमो कुलेनले विभिन्न मुलुकसँग धैर्य राख्न आव्हान गर्नुभएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||