|  | 
 | 
 | 
|  | 
 | ||||||||
|  | ||
|  | ||
|  | ||
| 
 | ||
|  | ||
|  | 

हाल बेलायत र रुसले दुई वटा विमान पठाएर चीनबाट महामारी प्रतिरोध सामग्री ढुवानी गरेका छन्। बेलायतले भर्जिन एयरवेजद्वारा सामग्री ढुवानी गरेको छ। रुसले प्रत्यक्ष रुपमा वायु सेनाको विमान पठाएको छ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले अप्रिल तीन तारिख सामाजिक सञ्जालमा बेलायतको भर्जिन एयरवेजले भर्खरै चीनबाट समस्त विमानको सामग्री ल्याएको उल्लेख गर्नु भएको छ। ती महामारी प्रतिरोध सामग्रीमा तीन सय वटा भेन्टिलेटर, तीन करोड तीस लाख मास्क, दश लाख जोडी मेडिकल सुरक्षा पन्जा छन्।

रुसले पनि धेरै पटक चीनबाट महामारीको प्रतिरोध सामग्री ढुवानी गर्न विमान पठाएको छ।

उत्पादनको ठूलो मुलुकको रुपमा हाल चीन विभिन्न मुलुकले महामारीको प्रतिरोध सामग्रीको खरीद गर्ने प्रथम मुलुक बनिसकेको छ। महामारी भएयता चीनले महामारीको प्रतिरोध सामग्रीको उत्पादन र बजार आपूर्तिलाई बढाएको छ। चीनमा मास्कको दैनिक उत्पादित-मात्रा गत जनवरीको अन्तको असी लाख वटाबाट बढेर मार्चको अन्तमा तीस करोडदेखि चालीस करोड पुगेको छ। केही मुलुकको मेडिकल सामग्री लुट्ने गरेका छन्। विश्वको महामारीको लडाइमा विभिन्न मुलुकले अन्तर्राष्ट्रिय सहयोग गरे मात्र महामारीलाई पराजित गर्न सकिने अवस्था छ।

| 
 | |||||||||
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 | |||||||||