
हालै बेलायतका लागि चिनियाँ दूतावासका प्रवक्ताले बेलायतको "सन्डे मेल" र "गार्जियन"ले गरेको चीनको महामारी प्रतिरोध कदमबारेको अवास्तविक जानकारी र आरोपबारे बेग्ला-बेग्लै खण्डन पत्र पठाएका छन्। बेलायत सरकारका उच्च अधिकारीले सम्बन्धित जानकारीले बेलायत सरकारको अडानको प्रतिनिधि नगरेको र अन्तर्राष्ट्रिय समाजमा महामारी प्रतिरोध गर्न चीनले दिएको योगदानलाई बेलायतले उच्च मूल्यांकन गरेको भन्दै चीनसँगको सम्बन्ध विकास बेलायतका लागि निकै महत्वपूर्ण भएको औँल्याएका छन्।
अप्रिल ५ तारिख बेलायतको "सन्डे मेल"ले बेलायतका लागि चिनियाँ दूतावासका प्रवक्ताको खण्डन पत्र प्रकाशित गरेको छ। खण्डन पत्रअनुसार, "सन्डेमेल"ले गत मार्च 29 तारिख चीनको महामारी प्रतिरोध कदमबारे अवास्तविक जानकारी र आरोप लगाएको र विश्वको जनताको स्वास्थ्य सुरक्षाका लागि चीनले दिएको ठूलो योगदानको बदमान गरेको छ।
प्रवक्ताले बेलायतको "गार्जियन"लाई पठाएको पत्रअनुसार, "गार्जियन"ले मार्च २९ तारिख चीनले महामारी फैल्याएको जनाएको थियो। बेलायतका लागि चिनियाँ दूतावासका प्रवक्ताले चीनले सबैभन्दा सशक्त, सबैभन्दा गम्भीर र सबैभन्दा चौतर्फी महामारीको प्रतिरोध कदम चालेको भन्दै सुरुमै बेलायतलगायत एक सय बीस वटा मुलुक तथा चार वटा अन्तर्राष्ट्रिय संगठनसँग सहायता दिएको कुरा बताएका छन्। उनका अनुसार, चीनको योगदानलाई बदमान गरिनु हुँदैन।