|
|
|
||
बेलायतीका केही संचारमाध्यमले जनाए अनुसार, नियोकोनसर्टेटिज्म थिङ्कथ्याङ्क हेनरी ज्याक्सन सोसाइटीले हालै एक प्रतिवेदन प्रकाशित गरेको छ। सो प्रतिवेदनमा चीनले महामारीको सूचना लुकाएको र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमसँग विपरीत काम गरेको आरोप लगाइएको छ। चीनले कोभिड-१९ भाइरसको फैलावटको जिम्मा लिनुपर्ने र चीनबाट क्षतिपूर्ति पाउनुपर्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ।
सो भनाइ निकै आधारहिन र अनुचित छ। चीनले ठूलो त्यागमा विश्वमा महामारीको रोकथाम तथा नियन्त्रणको लागि पहिलो रक्षा रेखा राख्यो र मूल्यवान समयको सदुपयोग गरेको छ। समयमै महामारी सूचना सार्वजनिक गरी चीनले विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय समाजसँग नियन्त्रण तथा उपचार अनुभव आदानप्रदान गरिरहेको छ। यो नै अन्तर्राष्ट्रिय समाजमा सर्वविदित तथ्यहरू हुन् र चीनले प्रशंसा प्राप्त गरेको छ। तथाकथित चीनबाट क्षतिपूर्ति पाउने भनाइ आधारहिन छ र नैतिकतारहित पनि।
'अन्तर्राष्ट्रिय स्वास्थ्य नियम' वमोजिम, विश्व स्वास्थ्य संगठनलाई अन्तर्राष्ट्रिय आपतकालीन सार्वजनिक स्वास्थ्य घटना बनाउने सम्भावना भएको सूचना दिने जिम्मा हस्ताक्षरित मुलुकहरूसँग हुन्छ। सन् २०१९ को डिसेम्बर २७ तारिखमा चीनको हुपै प्रान्तको एक अस्पतालमा पहिलो पटक ३ वटा अज्ञात निमोनिया बिरामी भएको कुराबाटै हरेक दिन नयाँ तथ्याङ्क सार्वजनिक गरेर विभिन्न मुलुकसँग सूचना तथा अनुभव दिँदै चीनले द्रुत गतिले खुला र पारदर्शी रूपमा सूचना बाँडिरहेको छ र लागू भएका महामारी नियन्त्रण कदमहरू नियमभन्दा बढी हुन्छ। विश्व स्वास्थ्य संगठनले औँल्याएको जस्तै चीनले अन्तर्राष्ट्रिय कार्यभार बहन गर्दा विश्वमा नयाँ नमूना खडा गरेको छ। केही पश्चिमी मुलुकका व्यक्तिहरूले के कस्तो अन्तर्राष्ट्रिय कानुन वमोजिम चीनलाई जिम्मेवार ठान्छन्?
महामारीको सामु सम्पूर्ण मानवजाति प्रकोपबाट ग्रस्त रहेको छ। लण्डन किन्स कलेज चीन अध्ययन केन्द्रका प्रमुख केरी ब्राङले पुष्टि गरेका छन् कि हेनरी ज्याक्सन सोसाइटी नै दक्षिणपन्थी संगठन हो। केही बेलायती दक्षिणपन्थी राजनीतिज्ञले ती विद्वानहरू प्रयोग गरेर आफ्नो सत्ताको अव्यवस्थित प्रशासनको लागि निहुँ खोजिरहेका छन्।
वास्तविकतामा बेलायतमा महामारीको सामना गर्ने क्षमता नभएको गहिरो कारण कन्जर्वेटिभ पार्टीले गत शताब्दीको असी दशकमा सामाजिक हित-कल्याणलाई ठूलो परिमाणमा घटाउनु नै हो। अग्र चिकित्सा प्रविधि भएतापनि बेलायतमा चिकित्सा श्रोतको अपुग अवस्थामा चीनबाट सार्वजनिक गरिएको सूचनाको वास्ता नगरेबाटै सार्वजनिक स्वास्थ्य संकटको सामना गर्ने बेलायतको क्षमतालाई सीमित बनाइएको छ।
विश्वमा निश्चित कोभिड-१९ संक्रमितको संख्या १२ लाख पुगिसकेको छ र तीमध्ये ३.६ लाख अमेरिकामा मात्र छन् भने बेलायती प्रधानमन्त्रीलाई आइ.सी.यु.मा राखिएको छ। विश्वमा महामारीको प्रतिरोधको मुख्य घडीमा जिम्मा लिनुपर्ने पक्ष नैतिकता नभएका ती व्यक्तिहरू हुन् जो विश्व भ्रम बन्ने चाहना बोकिरहेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |