फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राससका पत्रकारद्वारा चीनबाट लिने तीनवटा अनुभवको व्याख्या

(GMT+08:00) 2020-04-09 16:49:27

नेपालको राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार महेन्द्र सुवेदीले कोभिड १९ नियन्त्रणमा नेपालले मुख्य गरी तीनवटा क्षेत्रमा अनुभव लिनसक्ने बताउनु भएको छ। उहाँका अनुसार चीनले हुपेइ प्रान्त र त्यस आसपासका क्षेत्रलाई प्रभावकारी रुपमा लकडाउन गरेको थियो। जसका कारण कोरोनाका संक्रमित अन्यत्र फैलिन पाएका थिएनन्। त्यसैगरी चीनले सबै प्रान्तबाट स्वास्थ्य क्षेत्रका व्यक्तिलाई संक्रमणको मुख्य ठाउँ उहानमा केन्द्रित गराएको थियो। चीनले उपचारका क्रममा प्राप्त गरेको उपलब्धि र अभ्यासलाई विश्ससामु राखेको छ। उसले यसबाट सबैले लाभ प्राप्त गरुन् भन्ने चाहेको छ। तसर्थ उल्लिखित तीनवटा क्षेत्रमा नेपालले चीनबाट गहन अनुभव र शिक्षा लिने उहाँले बताउनुभयो।


जानकारी तथा लेखहरु