|
|
|
|||||||||
|
||
अप्रिल ८ तारिख दिउँसो चाइना मिडिया ग्रुप अन्तर्गत सी.जी.टी.एन.को विशेष कार्यक्रम 'विश्वव्यापी महामारीको चिकित्सा कन्फेरेन्स'मा शाङहाइ कोभिड-१९ औषधोपचार विशेषज्ञ टोलीका प्रमुख चाङ वनहोङले बंगलादेशी चिकित्सकहरूसँग महामारीको नियन्त्रण, रोगको जाँच तथा उपचार सम्बन्धी चिनियाँ अनुभवको व्याख्या गर्नु भएको छ।

गत मार्चको शुरूदेखि बंगलादेशमा निश्चित संक्रमितको संख्या १०० भन्दा बढी पुगेको छ। बंगलादेशी चिकित्सकहरूको अनुरोधमा चिनियाँ चिकित्सक चाङले महामारी नियन्त्रणको चरणबद्ध बिन्दु, क्वारेन्टाइन, जाँच र घनिष्ट सम्पर्कको ट्र्याकिङ, महामारीको नियन्त्रणमा मास्कको महत्वबारे जोड दिनु भएको छ। डाक्टर चाङले गम्भीर बिरामीको औषधोपचार, निश्चित अस्पतालको व्यवस्थापन, अस्थायी अस्पतालमा बिरामीको उपचार तथा क्षेत्रीय विभाजनको सम्बन्धमा पनि बंगलादेशी पक्षलाई बताउनु भएको छ।

ग्रामीण क्षेत्रमा जनसंख्या घनिभूत तर चिकित्सा श्रोत सीमित भएको अवस्थाबारे जवाफ दिँदै डाक्टर चाङले सबै अस्पतालमा विशेष ज्वरो सेक्सन राखेर बिरामीहरूलाई छुट्याउनुपर्ने सुझाव दिनु भएको छ। ती कदमहरू अलग होइन सँगसँगै गरेमात्र महामारी नियन्त्रणको सबभन्दा राम्रो नतिजा पाउन सकिने पुष्टि गरिएको छ। महामारी सिमा विलिन भएको र सम्पूर्ण विश्वसँगै मिलेर सहयोग गरे मात्र कोभिड-१९ विरूद्ध युद्धमा सफल हुने प्रष्ट्याइएको छ।

सो कन्फेरेन्समा बंगलादेशको लागि चिनियाँ राजदूत, बंगलादेशी स्वास्थ्य तथा पारिवारिक कल्याण मन्त्री र चिकित्सकहरूले भाग लिएका छन्।
हालसम्म 'विश्वव्यापी महामारीको चिकित्सा कन्फेरेन्स' नामक सो शृङ्खलाबद्ध विशेष कार्यक्रम सम्बन्धी विषय पढ्नेहरुको संख्या १० करोड पुगिसकेको छ र भिडियो हेर्नेको संख्या ४ करोड भन्दा बढी पुगे छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||