|
|
|
|||||||||
|
||
विश्वमा कोरोना भाइरस संक्रमण पुष्टि भएको संख्या १५ लाख २० हजारभन्दा बढी पुगेको छ। केही व्यक्ति र संगठनले "आफ्नो जिम्मेवारीलाई अरुमाथि पन्साउने सिद्धान्त" र "षडयन्त्र सिद्धान्त" देखिएका छन्।

अप्रिल ४ तारिख "ग्रेट गेम इन्डिया" नामक वेभसाइटले "कोरोना भाइरसका कारण भारतले चीनलाई अन्तर्राष्ट्रिय अदालतसमक्ष उजुर गरेको" सूचना प्रकाशित गरेको छ। उक्त सचूनाअनुसार, अन्तर्राष्ट्रिय न्यायाविद परिषद अर्थात् आईसीजीका प्रमुख अदिश सी अग्रवालाले अन्तर्राष्ट्रिय न्यायाविद परिषद र अखिल भारतीय बार एसोसिसएसनको तर्फबाट उजुर गरी चीनसँग कोरोना भाइरसबाट परेको क्षति भुक्तानी दिन आग्रह गरेका छन्। विश्लेषणअनुसार, उजुरीको विषय र उजुर कारवाहीबाट हेर्दा उक्त उजुरलाई एक प्रहसन मानिएको छ।
चीनले खुला, पारदर्शी र दायित्वपूर्ण धारणामा सबैभन्दा सशक्त, सबैभन्दा गम्भीर, सबैभन्दा चौतर्फी रोकथाम तथा नियन्त्रण कदम चालेको छ। चीनले सम्बन्धित मुलुकहरूसँग महामारीको प्रतिरोध अनुभव बाँडेको छ। चीनले सुरुमै एक सय बीस वटा मुलकु र चार वटा अन्तर्राष्ट्रिय संगठनलाई महामारीको प्रतिरोधको सहायता दिएको छ। अन्तर्राष्ट्रिय समाजले चीनको सकारात्मक मूल्यांकन गरेको छ।

प्रसिद्ध चिकित्सा पत्रिका "द लान्सेट"का प्रमुख सम्पादकले हालै बीबीसीमा चीनले प्रसारण गरेको सूचना निकै स्पष्ट भएको तर आफूहरुले गत फेब्रुअरीको समय वर्वाद पारेका बताउँदै यो एक राष्ट्रिय निर्लज्ज काम भएको बताउनुभयो।
भाइरस सिमाविहीन र जातीयताविहीन हुन्छ। हाल एकताको वास्तविकतालाई सम्मान गर्ने अवधि रहेको भन्दै संयुक्त रुपमा महामारीको प्रतिरोध गर्ने अवधि रहेको उहाँले औँल्याउनुभयो। कोरोना भाइरस महामारीलाई राजनीतिकीकरण बनाउनुले विभिन्न पक्षले महामारीको प्रतिरोधमा अवरोध गरेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||