विश्व प्रसिद्ध बैज्ञानिक पत्रिका बेलायती 'नेचर(प्रकृति)'ले कोभिड-१९ भाइरसलाई वुहान तथा चीनसँग प्रत्यक्ष जोडिएकोमा लगातार ३ दिनसम्म ३ पटक गरी क्षमा मागेको छ।
नैचर पत्रिकाले अप्रिल ७ तारिख आफ्नो वेभसाइटमा अंग्रेजी टिप्पणीकार लेख प्रकाशित गरेको थियो भने ८ तारिख सो विषय सामाजिक संजालमा राखेको थियो। अप्रिल ८ तारिख यस लेखको चिनियाँ संस्करणलाई पनि सार्वजनिक गरेको थियो। 'कोरोनाको नाममा दोष लगाउन बन्द गरौँ' शीर्षकमा सो लेखमा भनिएको छः विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोरोना भाइरसलाई कोभिड-१९ नाम दिइससकेको छ। प्रेसमा यस भाइरसलाई वुहान र चीनसँग जोडेको गल्ती भएको पनि स्मरण गराएको छ। त्यसरी प्रयोग गर्ने नैचर पत्रिका पनि थियो। त्यति बेलाको गल्तीको लागि हामीले जिम्मा लिँदै क्षमा माग्दछौँ।

लगभग २००० शब्दको सो लेखमा चिन्ता पनि व्यक्त गरिएको छः सभ्यता विश्वव्यापीकरणको पृष्ठभूमिमा कोही पनि एउटा अलग टापु होइन र कुनै मुलुक पनि आफूलाई मात्र ख्याल विचार गर्न सक्दैन। भेदभाव र मानवजातिको शत्रु कोरोना भाइरस मात्र नभई भेदभाव र पूर्वाग्रह पनि हुन्। तसर्थ भेदभाव र पूर्वाग्रहलाई रोकेमा मात्र कोरोनालाई नियन्त्रण गर्न सकिनेछ।
नैचर पत्रिकाको सो लेख चर्चित बनेको छ।
अमेरिकी नेशनल रिभ्यू वेभसाइटमा अप्रिल ९ तारिख प्रकाशित लेखमा नैचरको लेखबारे चर्चा गर्दै एउटा भाइरसलाई कुनै देश वा ठाँउसँग जोड्ने गतिविधि गैर जिम्मेवारपूर्ण कार्य हो भन्दै यसलाई तुरून्तै बन्द गर्नुपर्ने उल्लेख छ।

रूसी उपग्रह समाचारसमितिले प्रकाशन गरेको लेखमा कोभिड-१९ को नाममा दोष लगाइएकाले एशियाली युवाहरु अन्तर्राष्ट्रिय विश्वविद्यालय छोडेर विश्वको बैज्ञानिक अनुसन्धान वातावरण खाली भएमा वैज्ञानिक अनुसन्धान गरेर भविष्य सिर्जना गर्ने सम्पूर्ण विश्वका लागि ठूलो क्षति हुने जनाएको छ।
अप्रिल ९ तारिख चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउ लीच्यानले जुनसुकै मुलुकले मानिसहरूको ज्यान तथा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने र स्वदेशीको लागि पर्याप्त र प्रभावकारी प्रत्याभूति दिनुपर्ने बताउनुभयो। बदनाम र अरूमाथि आरोप लगाउनुबाट भाइरस हटाउन नसकिने कुरामा उहाँले जोड दिनुभयो।