फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञको आधारहिन आरोपको डब्लुएचओद्वारा प्रतिवाद

(GMT+08:00) 2020-04-12 19:09:05

हालै अमेरिकी सरकारले लगातार रूपमा विश्व स्वास्थ्य संगठनमा दोष लगाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको महामारी प्रतिरोधी कामप्रति शंका व्यक्त गर्दै चीनमा केन्द्रित भएको भनेर निन्दा गर्नुभएको छ। साथै अमेरिकी राजनीतिज्ञहरूले पनि विश्व स्वास्थ्य संगठनलाई लक्षित गरिरहेका छन्। अमेरिकालाई प्राथमिकता दिने झण्डा बोकेर अमेरिकाले आफ्नो देशको हितलाई ठूलो पार्दै अन्तर्राष्ट्रिय कार्यभारलाई छाड्न खोजिरहेको छ। विश्वव्यापी महामारी नियन्त्रणको पृष्ठभूमिमा विश्व स्वास्थ्य संगठनमाथि प्रहार गर्ने अमेरिकाले संगठनबाट हट्ने सम्भावना रहेको विश्लेषकहरूले जनाएका छन्।

अमेरिकाको आधारहिन निन्दालाई जवाफ दिँदै विश्व स्वास्थ्य संगठनले अप्रिल ८ तारिख आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाबद्ध तथ्य तथा तथ्याङ्कहरू लिएर महामारी नियन्त्रण सम्बन्धी ५ वटा कार्यबारे ब्याख्या गरेको छ। ती ५ वटा कार्य यस प्रकार छनः विभिन्न मुलुकको क्षमताको निर्माणमा समर्थन, महामारी सम्बन्धी सही सूचना प्रदान गर्दै सूचना अपराधमाथि प्रहार, १३३ वटा मुलुकलाई २० लाख संरक्षण पोशाक प्रदान तथा स्वास्थ्यकर्मीको तालिम एवं प्रोत्साहन र महामारी सम्बन्धी अनुसन्धान तथा विकासलाई गतिशील पार्नु रहेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल ७ तारिख विश्व स्वास्थ्य संगठनमाथि लगाएको आरोपको जवाफ दिँदै विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस गेघ्रेयुसुसले भन्नुभयोः पहिले होस वा भविष्यमा विश्व स्वास्थ्य संगठनले सम्पूर्ण विश्वका जनताको सेवा गर्दा न्यायोचित, निष्पक्ष र मध्यस्थ भूमिका लिएको र लिँदै जानेछ।

जानकारी तथा लेखहरु