फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"वाशिङटन पोस्ट"का अनुसार अमेरिकाले महत्वपूर्ण समय गुमाएको विश्लेषण

(GMT+08:00) 2020-04-12 19:10:27

अमेरिकामा कोरोना भाइरस महामारीबाट मृत्यु भएकाहरुको संख्या निरन्तर बढिरहेको छ। अमेरिकी सञ्चार-माध्यमहरुले अमेरिकाले महामारीको प्रतिरोध गर्ने मूल्यवान समय खेर फालेको र अहिले अवस्था विकराल बनेको विश्लेषण गरेका छन्। "वाशिङटन पोस्ट"ले अप्रिल चार तारिख गहन अनुसन्धानात्मक लेख प्रस्तुत गरी कोरोना भाइरस संकटको प्रारम्भिक सत्तरी दिनमा अमेरिकाको गलत अनुभव र गहिरो कारणको सिंहावलोकन गरेको छ। उक्त लेखमा अमेरिकी सरकारी अधिकारी, सार्वजनिक स्वास्थ्य विशेषज्ञ, जासुस अधिकारी र अन्य व्यक्तिसँग ४७ पटकको अन्तर्वार्ता लिइएको छ।

उक्त लेखअनुसार, अमेरिकालाई महामारी सामना गर्न सबैभन्दा पर्याप्त तयारी गर्ने मुलुक मानिएको छ। तर अन्तमा कोरोना भाइरसले अमेरिकालाई पराजित गरेको छ। अमेरिकामा कोरोना भाइरसबाट मृत्यु र संक्रमण भएकाहरूको संख्या जुनसुकै मुलुकभन्दा बढी भएको छ।

उक्त लेखअनुसार, प्रारम्भिक सूचना पाएको सत्तरी दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मात्र कोरोना भाइरस डरलाग्दो भाइरस हो र यसबाट हजारौं जना नागरिलाई मर्न सक्छन् भन्ने कुरा पुष्टि गर्नुभयो। खेर फालिएका दुई महिना अमेरिकाका लागि महत्वपूर्ण अवधि मानिएको छ।

उक्त लेखअनुसार, ढिलो गर्दाको मूल्य महङ्गोभएको प्रमाणित गरिएको छ। गत मार्चको अन्त्यमा अमेरिकी सरकारले दश हजार वटा भेंटिलेटरको खरीद गरेको छ। ती मेशिन गृष्म र हिउँद ऋतुमा मात्र अमेरिकामा पुग्न सक्छन्। महामारीको अनुमानअनुसार, त्यस अवधिमा कोरोना भाइरस महामारी हटिसक्नेछ।

जानकारी तथा लेखहरु