फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको कथा बल्दने अमेरिकी तीन षडयन्त्र

(GMT+08:00) 2020-04-12 19:11:15

कोभिड-१९ महामारी प्रतिरोधमा सम्पूर्ण विश्वले ऐक्यबद्धता भएर प्रयास गर्नुपर्छ। केही अमेरिकी राजनीतिज्ञहरूले महामारीको प्रयोग गरी चीनको नाममा दोष लगाउँदै राजनीतिक लाभ लिन खोजिरहेका छन्। भाइरसलाई राजनीतिककरण गर्ने, जिम्मेवारीबाट पन्छिने र आफ्नो रूप राम्रो बनाउने ती राजनीतिज्ञहरूले आफ्नो हितको लागि महामारी अवस्था वर्णन गरिने ३ वटा सुनौलो नियम हुन्। यसै क्रममा केही अमेरिकी संचारमाध्यमले यस्तो अभिनयको लागि समर्थन गर्न बरबराइरहेका छन्।

भाइरसलाई राजनीतिककरण गर्ने सम्बन्धमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैज्ञानिकहरूको चेतावनी बाबजुद महामारीको प्रभावलाई सानो पारिरहेको साथै भाइरसको गम्भीर प्रभावबारे चर्चा डेमोक्रेटिक पार्टीको ठगी हो भन्दै गैरजिम्मेवार भनाइ राख्नु भएको छ।

ट्रम्पको समर्थनमा रहेका संचारमाध्यमले तुरून्तै भनेः कोभिड-१९ भाइरसको खतरा ऋतु परिवर्तन हुँदा दखिने रूघाभन्दा कम हुन्छ। भाइरसको नाममा अर्थतन्त्रमाथि प्रहार गर्दै ट्रम्पलाई आगामी आम-निर्वाचनमा असफल बनाउने षडयन्त्र हो।

जिम्मेवारीबाट पन्छिने

महामारी चर्कँदै जाँदा ट्रम्प सरकारले आफूले महामारी प्रतिरोधमा गरेको गल्तीलाई ढाकछोप गर्न खोजिरहेको छ। विश्वभरि विशेषज्ञहरूले भाइरसको स्रोत खोजिरहेको बेला ट्रम्प र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भाइरसको नाममा चीनमाथि दोष लगाउन खोजिरहेका छन्।

चीनले महामारी प्रतिरोध क्रममा गरेका कामहरूबाट अन्तर्राष्ट्रिय संगठन तथा विभिन्न देशका सरकारहरूले मान्यता दिएतापनि अमेरिकाले सबैलाई अस्वीकार गरेर आफूले महामारी प्रतिरोधमा मन्द भएको समस्या चीनमाथि लगाउँदै आफ्नो गल्तीका वावजुद निहुँ खोजिरहेका छन्।

आफू राम्रो बन्ने चाहना

महामारी विश्वव्यापी फैलिँदै भएको पृष्ठभूमिमा अमेरिकाले आफूलाई विश्वमा देखा नपरेको सबभन्दा महान मानवताबादी भन्ने बनाउन खोजेको छ।

ट्रम्पले भन्नुभयोः अमेरिकाले चीनलाई ठूलो सहयोग प्रदान गरिसकेको छ। यसै सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले भन्नुभयोः हालसम्म चीनले अमेरिकी सरकारबाट कुनै सहायता वा उद्धार पाएको छैन।

केही अमेरिकी राजनीतिज्ञ तथा संचारमाध्यमले विश्वलाई महामारी प्रतिरोधबाट मोडेर अर्को कथा सुनाउन खोजिरहेका छन्। विश्वले यतिबेला अमेरिकाको कुरा सुन्ने होइन विश्वव्यापी बनेको महामारीको सामना गर्न सबै मुलुकहरूले एकवद्ध भएर तथ्यको आधारमा हातेमालो गरेर अघि बढ्दै जानुको विकल्प छैन।

जानकारी तथा लेखहरु