फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी नैतिकता निमिट्यान्न बनाउँदै पोम्पेओ

(GMT+08:00) 2020-04-12 19:13:09

अमेरिकाले लगाइरहेको नाकाबन्दीबाट चिकित्सा सामग्री इरान पुर्‍याउन नसकिएकाले निर्दोषहरू व्यक्तिहरु मर्न लागिरहेका छन् भन्ने कुरा हालै अमेरिकी कोनेक्टिकट राज्यका सांसद क्रिस मर्फीले सामाजिक संजालमा लेखेका छन्।

उहाँको उल्लिखित भनाइलाई बढाइचढाइ गरिएको होइन। महामारीयता, अमेरिकी विदेश मन्त्री माइकल पोम्पेओले पटक पटक इरानमाथि लगाएको नाकाबन्दीलाई नहटाउने पुष्टि गर्नु भएको छ। जसबाट इरानको महामारी अवस्था अझ गम्भीर बनिरहेको छ।

अप्रिल ११ तारिख मध्यान्हसम्म इरानमा संक्रमित संख्या ७० हजार २९ पुगेको छ भने मृतकको संख्या ४ हजार ३ सय ४७ पुगेको छ। इरानमा मृत्यु दर विश्वको औसत स्तरभन्दा माथि पुगेको छ। इरानका स्वास्थ्य मन्त्रालयका पदाधिकारीले मृत्यु दर उच्च भएको मुख्य कारण अमेरिकाको नाकाबन्दीबाट चिकित्सा सामग्रीको कमी भएको बताएका छन्। तापनि अमेरिकाले नाकाबन्दीलाई थप्दै लगेको छ।

अमेरिकाको यस्तो कार्वाहीबाट इरानमा महामारी प्रतिरोधमा गम्भीर प्रभाव पर्ने र विश्वमा महामारी प्रचारप्रसारको नियन्त्रणमा पनि ठूलो बाधा पुग्नेछ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला पदाधिकारी लगायत अन्तर्राष्ट्रिय समाजले इरानमा अमेरिकाले लगाएको नाकाबन्दी हटाउन आह्वान गरेका छन्।

उता पोम्पेओले बेवास्ता गर्दै अमेरिकाको नैतिकतामा हिलो छ्याप्दै जानु भएको छ।

हालै वासिङ्टन पोस्टमा एक लेख प्रकाशित गर्दै पोम्पेओले महामारीलाई अति दबाव दिने सुविधाजनक तरिकाको रूपमा लिएपछि प्रशस्त निर्दोष सर्वसाधारणहरूको मृत्यु हुने ठूलो सम्भावना छ।

पोम्पेओले राम्रोसँग सुन्नुपर्ने छ कि सिमा विहिन भाइरससँगको युद्धमा स्वार्थी विचार लिएर अरूलाई बिगार्न खोजेकोमा आफ्नो राजनीतिक उद्देश्य पूरा हुन सक्दैन। बरु आफू र अरूमाथि क्षति मात्र पुग्नेछ।

जानकारी तथा लेखहरु