फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओले किन "अमेरिकी इतिहासको सबैभन्दा अक्षम विदेश मन्त्रीमध्ये एक" बन्ने इच्छा लिएका?

(GMT+08:00) 2020-04-13 17:57:44
हिजोआज अमेरिकी "वाशिङ्टन पोस्ट"ले कोरोना भाइरसको अवधिमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओको प्रस्तुतीको सम्बन्धमा उहाँलाई "अमेरिकी इतिहासमा सबैभन्दा अक्षम विदेश मन्त्रीमध्येको एक"को रूपमा मूल्यांकन गरेको छ।

"वाशिङ्टन पोस्ट"ले निम्न दुई वटा खराब काम औंल्याएको छ। पहिलो, कोरोना भाइरस महामारीबारे पोम्पेओले निरर्थक रुपमा चीनमाथि दोषारोपण गरिरहनुभएको छ। जसबाट कुनै पनि वास्तविक उपलब्धि हासिल हुन सकेन। र दोस्रो, बेलायत लगायत अमेरिकी संगाति मुलुकहरुले इरानमाथि गर्ने मालसामानको ओसार-पसारको निषेध बन्द गर्न अमेरिकालाई आह्वान गरेका छन्। तर पोम्पेओले उक्त कदम इरानलाई "ठूलो दबाव"दिने तरिका भएको भन्दै अनुरोधलाई अस्वीकार गरिरहनुभएको छ। जसबाट अन्त्यमा "व्यापक निर्दोष जनताको मृत्यु" हुनसक्ने भयानक परिणाम देखा पर्नसक्नेछ। पोम्पेओले किन "अमेरिकाको इतिहासमा सबैभन्दा अक्षम विदेश मन्त्रीमध्येको एक" बन्ने इच्छा लिनुभएको छ?

तनाव सिर्जना गर्नु पोम्पेओले राजनीतिक मामिला संचालन गर्दाको एउटा मुख्य कार्यभार हो। तीमध्येको एक चीनलाई त्रास-धम्की दिनु हो। सांसद निर्वाचित भएदेखि उहाँले चीन विरुद्धका कानुनी प्रस्तावमा चासो राख्नुभयो। अन्य मुलुकका नेताहरुले कोरोना भाइरस महामारीको फैलावटको भ्याएसम्म नियन्त्रण गर्नुका साथै पोम्पेओले "आफ्नो चाख लाग्दो कार्य"गरी कुनै पनि कुरा नभएको जस्तै देखाउनुभयो। उहाँको प्रतिनिधित्वमा रहेका केही अमेरिकी राजनीतिज्ञहरुले अमेरिकाको राष्ट्रिय रक्षा नीति, व्यापार नीति तथा प्राथमिकताहरूको निर्धारण गर्नुभयो, बरु उहाँहरुले अमेरिकाको वास्तविक हित तथा चासो संवोधन गर्नुभएन।

जानकारी तथा लेखहरु