फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङ रोग प्रतिरोध सम्बन्धी आशियान र चीन, जापान तथा गणतन्त्र कोरियाका नेताको विशेष सम्मेलनमा सहभागी हुनुहुने

(GMT+08:00) 2020-04-13 18:59:01

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले १३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली ख छ्याङ १४ तारिख नयाँ कोरोना भाइरस महामारी प्रतिरोध सम्बन्धी आशियान र चीन, जापान तथा गणतन्त्र कोरियाका नेताहरूको विशेष सम्मेलनमा सहभागी हुने जानकारी दिनुभएको छ। त्यो सम्मेलन भिडियोको तरिकामार्फत् आयोजना गरिने छ भने आशियानको वर्तमान अध्यक्ष मुलुक भियतनामले अध्यक्षता गर्नेछ।

चीन, जापान र गणतन्त्र कोरिया तथा आशियानका मुलुकहरू मैत्रीपूर्ण छिमेकी भएकाले नयाँ कोरोना भाइरस महामारी देखा परे यता ती मुलुकहरूले एउटै डुङ्गामा चढेर एकले अर्काको समर्थन गर्ने गरेका छन्। यस पटकको विशेष सम्मेलन जी-२० मुलुक समूहको विशेष शिखर सम्मेलनपछि पूर्वी एशियाली क्षेत्रमा सँगै मिलेर रोग प्रतिरोध गर्नका लागि आयोजना गरिने एक महत्वपूर्ण सम्मेलन नै हो। यस सम्मेलनबाट पूर्वी एशियाली मुलुकहरूले हातमा हात मिलाएर रोगको प्रतिरोध गर्ने र क्षेत्रीय आर्थिक विकासको संरक्षण गर्ने अठोट र अभिलाषा प्रतिबिम्बित गरिएको कुरा पनि प्रवक्ता चाउले बताउनुभयो।

जानकारी तथा लेखहरु