फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विचारलाई आफ्नो देशभित्र राखेर रोगको नाउँमा राजनीतिको नियन्त्रण नगर्न चीनको सुझाव

(GMT+08:00) 2020-04-13 18:59:46
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले १३ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो विचारलाई अमेरिकाभित्रको मौजुद मानव अधिकार समस्यामै राखेर महामारीको निहुँमा राजनीतिक नियन्त्रण नगर्न केही अमेरिकी सांसदहरूलाई सुझाएको कुरा बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी रिपब्लिकन पार्टीका ७ जना सांसदले गत ७ तारिख संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसलाई सन्देश पठाउँदै जेनेभास्थित चिनियाँ आवासीय प्रतिनिधि मण्डलका मिनिस्टर च्याङ रूइ संयुक्त राष्ट्र संघ मातहतको मानव अधिकार परिषाद्को जाँचबुझ टोलीका सदस्य नियुक्त हुनुभएको कुराको विरोध गरेका थिए। उनीहरूले नयाँ कोरोना भाइरस महामारीको सामना गर्ने क्रममा झूठ बोलेको र सिन्च्याङमा मानव अधिकार उल्लंघनको निहुँ खोजेर चीनमाथि दोषारोपण गरेका थिए।

प्रवक्ता चाउका अनुसार, जेनेभास्थित चिनियाँ आवासीय प्रतिनिधि मण्डलका मिनिस्टर च्याङ रूई संयुक्त राष्ट्र संघ मातहतको मानव अधिकार परिषद्को सोधबुझ टोलीका सदस्य नियुक्त हुनुभएको कुराबाट चीनको मानव अधिकार कार्यमा प्राप्त उपलब्धिका सम्बन्धमा अन्तर्राष्ट्रिय समाजले विस्तृत रुपमा सकारात्मक मूल्याङ्कन गरेको प्रष्ट छ। अमेरिका मानव अधिकार परिषदबाट हटे तापनि यस्ता कुरामा हात हाल्नखोज्नु वास्तवमा एकदमै हास्यास्पद कुरा हो।

जानकारी तथा लेखहरु