फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको इज्जतलाई ध्वस्त पार्ने "ह्वाइट हाउसको नियन्त्रित व्यक्ति"- पोम्पेओ

(GMT+08:00) 2020-04-13 19:01:00
कोरोना भाइरस महामारीको स्थितिमा अमेरिकाले अरु मुलुकहरुमाथि शुरू गरेको हिलो छ्याप्ने गतिविधिले अमेरिकाको राष्ट्रिय इज्जतलाई नै ध्वस्त पारिरहेको छ।

हाल महामारी प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा अमेरिकाको कार्यकलाप पुनरावलोकन गरौं। अमेरिकाले तेस्रो मुलुकमा जर्मनीतर्फ पठाउने मास्कहरु लुटपाट गरेको छ, अमेरिकाले थ्री-एम कम्पनीलाई क्यानाडा तथा ल्याटिन अमेरिका लगायत मुलुकहरुतर्फ निर्यात गर्ने मास्कमाथि निषेध गर्न आदेश दिएको छ, महामारीको प्रतिरोधका लागि अक्षम अमेरिकाले चीनमाथि हिलो छ्यापेको छ।

हालै अमेरिकी "वाशिङ्टन पोस्ट"ले कोरोना भाइरस अवधिमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओको प्रस्तुतीको सम्बन्धमा उहाँलाई "अमेरिकाको इतिहासमा सबैभन्दा अक्षम विदेश मन्त्रीमध्येको एक"को रूपमा मूल्यांकन गरेको छ। वास्तवमा उहाँको राजनीतिक जीवनको पुनरावलोकन गर्दा उहाँ एक जना सधैं परिवर्तित राजनीतिक व्यक्ति भएको देखा पर्नुहुन्छ। उहाँले आफूलाई निरन्तर रुपमा परिवर्तन गरी सर्वोच्च अधिकार प्राप्त गर्दै आउनुहुन्छ।

माइक पोम्पेओ अमेरिकी सर्वोच्च नेता पछाडि उभिने "ह्वाइट हाउसको नियन्त्रित व्यक्ति" जस्तै देखिनुहुन्छ। उहाँले निरन्तर रुपमा ह्वाइट हाउसको निर्णयमा प्रभाव पारी अमेरिकी कूटनीतिक दललाई एकपक्षीयवादको साँघुरो गल्लीमा लगिरहनुभएको छ। तर उहाँले राजनीतिक निजी स्वार्थ पाउनुका साथै अमेरिकी नेताको अन्तर्राष्ट्रिय इज्जत बिगार्दै लैजानुभएको छ।

जानकारी तथा लेखहरु