फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"नेचर"द्बारा विरलै देखिने क्षमायाचना

(GMT+08:00) 2020-04-14 19:04:38
अन्तर्राष्ट्रिय आधिकारिक विज्ञान पत्रिका 'नेचर'ले लगातार ३ दिनयता आफ्नो वेभसाइट, सामाजिक आदान-प्रदान आईडी र वीच्याटको अफिसियल अकाउन्टमा चिनियाँ र अंग्रेजी भाषामार्फत् "नयाँ कोरोना भाइरस लक्षित बदनामी रोकौं" शीर्षकको सम्पादकीय प्रकाशित गर्दै नयाँ कोरोना भाइरसको चीन र वुहानसँग सम्पर्क भन्ने भनाइप्रति क्षमायाचना गरेको छ।

बदनामीबाट विश्वतर्फ दोस्रो हानी हुन नदिनका लागि विश्व स्वास्थ्य संगठनले गत सन् २०१५ मा सरुवा रोगको नामाकरण सम्बन्धी नियम समन्वय गरेको थियो। त्यस नियम अनुसार विश्व स्वास्थ्य संगठनले गत फेब्रअरी ११ तारिख नयाँ कोरोना भाइरसबाट उत्पन्न रोगको औपचारिक नाउँ अर्थात् कोभिड-१९ भन्ने नाउँ दिइसकेको थियो। विश्व स्वास्थ्य संगठनको यस्तो कारवाईले विज्ञानको सम्मान गर्नुका साथै मानव जातिको सभ्यताको सम्मान गरेको हो।

वास्तवमा रोगको सामना गर्ने क्रममा अधिकांश अन्तर्राष्ट्रिय संगठनले शुरुदेखि नै दृढताका साथ बदनामीको कडा विरोध गर्दै आएका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेसले हाल सबभन्दा ठूलो शत्रु भाइरस होइन, बरु डर, झुठ र बदनाम गतिविधिहरू भएको बताउनुभयो।

एनबीसीले जनाए अनुसार, अमेरिकी राजनीतिज्ञ पाउल गोसारले वुहान भाइरस भन्ने शब्दको प्रयोगप्रति निकै क्रोध व्यक्त गर्नुभएको छ।

गत मार्च १८ तारिख बिल गेट्सले सामाजिक सञ्जालमा अमेरिकी इन्टरनेट प्रयोगकर्ताको प्रश्नको जवाफ दिंदै नयाँ कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेकोमा त्यसलाई सच्याउनुभएको थियो।

जानकारी तथा लेखहरु