फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही अमेरिकी राजनीतिज्ञको गैरजिम्मेवार अभिव्यक्तिले महामारी प्रतिरोधमा अमेरिकाका तीन गल्ती लुकाउन सक्दैन

(GMT+08:00) 2020-04-14 19:05:09

अमेरिकामा कोरोना भाइरसका संक्रमितहरु र मृतकहरु निरन्तर रुपमा बढ्दै आएको परिप्रेक्षमा केही अमेरिकी राजनीतिज्ञहरुले चीनलाई भ्याएसम्म हिलो छ्यापेका छन्।

तथ्य कुरा वास्तविकता नै हो। महामारीको प्रतिरोधका लागि चीनले कस्तो भूमिका खेलेको थियो भन्ने सम्बन्धमा विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय समुदायले न्यायोचित मूल्यांकन गरेको छ। विशेष गरी हिजोआज विश्वको प्रसिद्ध साप्ताहिक पत्रिका "नेचर"ले "कोरोना भाइरसको बदनामी बन्द गरौं"शीर्षकमा एउटा टिप्पणी लेख प्रकाशित गर्दै त्यसले बितेका ३ दिन निरन्तर रुपमा कोरोना भाइरस वुहानसँग सम्बन्धित रहेको विवरण बनाएकोमा चीनसँग क्षमा मागेको छ।

केही अमेरिकी राजनीतिज्ञले गैरजिम्मेवार सम्बोधन गरे तापनि अन्तर्राष्ट्रिय समुदायलाई ठग्नसक्दैन र महामारीको प्रतिरोधका लागि अमेरिकाका तीन गल्ती लुकाउन सक्दैन।

पहिलो, महामारीबारे अज्ञानता तथा त्यसप्रति घमण्ड देखाएकाले अमेरिकाले दुई महिना जतिको समय खेर फालेको छ। पेन्टागनले पोहोरको डिसेम्बरमा चीनको रिपोर्टमा कोरोना भाइरसबारे जानकारी लिएको थियो। चालू वर्षको जनवरीमा अमेरिका सरकारले भाइरस सम्बन्धी खबरमा ध्यान दिएको थियो। जनवरी ३ तारिख अमेरिकी रोगको प्रतिरोध तथा नियन्त्रण केन्द्रका प्रमुख रोबर्ट रेडफिल्डले चीनबाट पूर्वसंकेत स्वरूप टेलिफोन पनि पाउनुभयो। तथापि जनवरी १८ तारिख मात्रै अमेरिकी स्वास्थ्य तथा सार्वजनिक सेवा मन्त्री एलिक्स अजारले मौका मिलाएर अमेरिकी नेतालाई सम्बन्धित स्थितिबारे सुनाउन पाउनुभयो।

दोस्रो, पार्टीहरु बीचको संघर्षबाट अमेरिकी नेताले महामारीलाई केन्द्रमा राख्नसक्नुभएको थिएन।

र तेस्रो, "अमेरिकालाई प्राथमिकता दिने नीति"ले महामारीको प्रतिरोध सम्बन्धी सहयोगलाई कमजोर तुल्याएको छ। जसले आफूलाई विथोल्नुका साथै अरु देशलाई पनि अस्तव्यस्त पारेको छ।

जानकारी तथा लेखहरु