फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेषज्ञहरुका असी पेजको इमेल रेकर्डको पुनरावलोकन गर्दा महामारीको प्रतिरोधका लागि ट्रम्प सरकार असफल भएको प्रष्ट

(GMT+08:00) 2020-04-14 19:05:38
हालै अमेरिकी "न्युयोर्क टाइम्स"ले एउटा लामो लेख प्रकाशित गर्दै अमेरिकी सरकारका धेरै निवर्तमान तथा वर्तमान अधिकारीहरुले दिनुभएको अन्तर्वार्ताको विषय र धेरै विशेषज्ञहरुको इमेल रेकर्ड सार्वजनिक गरेको छ। सो लेखका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीको संकटलाई हलुका पारे तापनि अमेरिकी जासुसी क्षेत्र, राष्ट्रिय सुरक्षा समिति तथा सरकारका स्वास्थ्य पदाधिकारीहरुले धेरै पटक चेतावनी दिएका थिए।

सो लेखका अनुसार, ट्रम्पले महामारीको फैलावटको क्रममा पाँच वटा महत्वपूर्ण समयमा निम्न छनौट गर्नुभयो।

जनवरीको प्रारम्भमा अमेरिकी राष्ट्रिय सुरक्षा समितिले कोरोना भाइरसको रिपोर्ट पाएपछि विशेषज्ञहरुले केही क्षेत्रहरू बन्द गर्ने राय-सुझाव दिनुभयो, तर ट्रम्प सरकारले त्यसलाई अस्वीकार गरेको थियो।

जनवरी २९ तारिख अमेरिकी ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नाभारोले एउटा पत्र पठाएर ध्यानाकर्षण गराउनुभएको थियो। त्यसमा महामारीका लागि अमेरिकाको ठूलो क्षमता रहेको लेखिएको थियो। तथापि ट्रम्पले यस ध्यानाकर्षणको बेवास्ता गर्नुभयो।

जनवरी र फेब्रुअरीको बीचमा केही अमेरिकी विद्वानहरुले ट्रम्प सरकारले सकारात्मक कदम नचालेकोमा चिन्ता व्यक्त गर्नुभयो। तथापि ट्रम्प सरकारले समयमै प्रभावकारी कदम चालेको थिएन।

फेब्रुअरी २५ तारिख अमेरिकी राष्ट्रिय प्रतिरक्षा र श्वासप्रश्वास रोग केन्द्रका प्रमुख डा.नान्सी मेसोननिएरले महामारीको गम्भिरताबारे एउटा लेख छाप्नुभयो। सो चेतावनीबाट अमेरिकी शेयर बजार ठूलो मात्रामा तल झरेको थियो। तथापि सोही दिन ट्रम्पले डा.नान्सी मेसोननिएरमाथि आरोप लगाउनुभयो।

जानकारी तथा लेखहरु