फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसमा रोगको अवस्था दिनप्रति दिन गम्भीर हुँदै

(GMT+08:00) 2020-04-14 19:06:08
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले १४ तारिख पैचिङमा

आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले रुससँग रोग प्रतिरोध सम्बन्धी आपसी सहकार्यलाई अझ सबल पार्नुका साथै एकतावद्ध भएर कठिन अवस्थाबाट मुक्ति पाउन सँगसँगै रोगको चुनौतीको सामना गर्दै जाने कुरा औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, रुसलाई रोग प्रतिरोधका लागि सहायता दिन चीन सरकारले पठाएको चिकित्सा विशेषज्ञ टोली अप्रिल ११ तारिख मस्को पुगेको थियो। "चीनले रोगको प्रतिरोध गर्ने सबभन्दा कठिन अवस्थामा रुसले चीनलाई दृढ समर्थन र सहयोग दिएको थियो।" उहाँले भन्नुभयो: 'हाल रुसमा रोगको अवस्था तीव्र गतिले विकसित हुँदै आएकाले रोग निवारण र नियन्त्रणका लागि सबभन्दा महत्वपूर्ण अवधि रहिरहेको देखिन्छ। एकले अर्कालाई माया ममता र सहयोग दिने नयाँ युगको सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारीको हैसियतले चीन आँखा चिम्लेर बस्नुहुँदैन।'

जानकारी तथा लेखहरु