फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री रोग प्रतिरोध सम्बन्धी १० प्लस ३ नेताको विशेष सम्मेलनमा सहभागी

(GMT+08:00) 2020-04-14 19:06:42
चीनका प्रधानमन्त्री ली ख छ्याङले १४ तारिख पैचिङमा १० प्लस ३ नयाँ कोरोना भाइरस महामारी प्रतिरोध सम्बन्धी नेताको विशेष सम्मेलनमा सहभागी हुँदै अनिवार्य सहायता र वाणिज्य चौतारोमार्फत आशियान मुलुकलाई थप १० करोड मास्क र १ करोड प्रतिरक्षात्मक पोशाक लगायतका जरुरी चिकित्सा सामग्री प्रदान गर्न चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, आकस्मिक घटनाको अझ राम्रोसँग सामना गर्नका लागि चिकित्सा सामग्री र व्यवसाय लाइनको पारस्परिक आपूर्ति दिने भूमिका निर्वाह गर्ने सुझाव पनि चीनले प्रस्तुत गरेको छ। साथै रोग प्रतिरोध सम्बन्धी विशेष कोषको स्थापना गरी त्यस कोष र १० प्लस ३ सहकार्य कोष आदि चौतारोमार्फत आवश्यक सहायता दिन चीनले आशियानलाई समर्थन पनि गरेको छ।

जानकारी तथा लेखहरु