फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी अधिकारीका कुनै पनि उत्तेजनात्मक गतिविधि विफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाई

(GMT+08:00) 2020-04-14 19:07:05
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले आज मार्च १४ तारिख बोल्दै अमेरिकाले निहुँ खोजेर चीन र अफ्रिकी मुलुकहरु बीचको सम्बन्धलाई बिथोल्न र चीन-अफ्रिका परम्परागत मित्रतालाई बिगार्न खोज्नुमा कुनै नैतिकता नरहेको र त्यो अवश्य नै विफल हुने दाबी गर्नुभएको छ।

प्राप्त समाचार अनुसार, अमेरिकी विदेश मन्त्रालयको अफ्रिकी मामिला सम्बन्धी सहायक मन्त्री टिबोर फि नागीले हिजो ट्वीटरमा क्वाङ्चौमा भएको दृश्य तथा कथाबाट स्तब्ध भएको जनाउनुभयो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओरटागुसले उक्त ट्वीटलाई शेयर गर्नुका साथै क्वाङ्चौको कथा निकै लाजमर्दो रहेको दाबी गर्नुभयो। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता चाउले उक्त कुरा बताउनुभएको हो।

मार्च १३ तारिख परराष्ट्र मन्त्रालयका सहायक मन्त्री छन् श्याउ तुङले चीनका लागि २० अफ्रिकी मुलुकका राजदूत अथवा प्रतिनिधिसँग सामूहिक रुपमा वार्ता गरी क्वाङ्तुङ प्रान्तमा महामारीको प्रतिरोध र क्वाङ तुङ प्रान्तमा अफ्रिकी नागरिकहरुको अवस्थाबारे जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु