फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अरूमाथि बढी दोष थोपर्ने पोम्पेओहरु नै दोषी

(GMT+08:00) 2020-04-18 19:02:42
स्थानीय समय अप्रिल १५ तारिख अमेरिकी नेताले "कोरोना भाइरस वुहानको प्रयोगशालाबाट उत्पत्ति भएको" प्रश्नबारे सञ्चार माध्यमबाट सोधिएको प्रश्नको जवाफ दिँदा आफूले दिन प्रतिदिन बढेको सुनेको र यसमाथि "विस्तृत छानबीन गर्ने" दाबी गर्नुभएको छ। त्यसपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले फेरि "कोरोना भाइरसको उत्पत्ति वुहान नै हो" भन्ने अफवाह फैलाउँदै "चीन सरकारले यसबारे प्रष्ट पार्नुपर्ने"बताउनुभयो।

पोम्पेओ र कूटनैतिक मामिला सम्बन्धी चीनका उच्च पदाधिकारीबीचको टेलिफोन वार्ता भएको एक दिनपछि अमेरिकी उच्च पदाधिकारीको यस्तो भनाई राखेका हुन्। टेलिफोन वार्तामा पोम्पेओले महामारी अन्तर्राष्ट्रिय समाजको साझा चुनौती हो भन्दै चीनसँगै मिलेर दुई मुलुकका राष्ट्रनायक बीचको सहमतिलाई व्यवहारमा उतार्न महामारीको प्रतिरोध सम्बन्धी दुई पक्ष बीचको सहयोगलाई सबल पार्न अमेरिका इच्छुक रहेको बताउनुभयो। अमेरिकी राजनीतिज्ञले केन्द्रिय विषयमा समेत चीन-अमेरिका सहयोगमा एकतर्फी रुपमा चीनलाई आरोप लगाएको कुराबाट अमेरिकी उच्च अधिकारीको कुनै पनि सदिच्छा नभएको वास्तविकता झल्किन्छ।

विश्व स्वास्थ्य संगठनका जिम्मेवार व्यक्तिले कोरोना भाइरस प्रयोगशालाबाट उत्पन्न भएको कुनै पनि प्रमाण नभएको धेरै पटक बताइसकेका छन्। तथापि अमेरिकी राजनीतिज्ञले यस्तो वैज्ञानिक राय-सुझाव नसुनेर "कोरोना भाइरसको उत्पति वुहान नै हो" भन्ने वाहियात कुराको प्रचार-प्रसार गरिरहेका छन्। जसबाट महामारीलाई राजनीतिकरण गर्ने उनीहरूको कुचेष्टा चुहिएको छ।

अब केही अमेरिकी राजनीतिज्ञको सबैभन्दा जरुरी कुरा "निर्वाचन"को मांग पूरा गर्नु हो। तथापि निर्वाचनको मत प्राप्तिका लागि महामारीको प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्छ, बरु आफ्नो जिम्मा अरूमाथि थोपर्नु हुँदैन।

जानकारी तथा लेखहरु