फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले विश्व स्वास्थ्य संगठनको सहायता रोक्नु अर्थहीन

(GMT+08:00) 2020-04-18 19:03:26
अमेरिकी नेताले हाल विश्व स्वास्थ्य संगठनसमक्ष सहायता रोक्का गर्ने घोषणा गरेको कुरालाई अमेरिकी जनताको नजरलाई अन्यत्र मोड्न र अन्तर्विरोधलाई अरुमाथि थोपर्नका लागि भएको ठानिएको छ। अमेरिकी नेताले पत्रकार सम्मेलनमा विश्व स्थास्थ्य संगठनका केही दोषबारे जानकारी दिए तापनि तथ्य कुरासामु ती दोषहरू पूराका पूरै निराधार रहेको देखिन्छ।

सर्वप्रथम अमेरिकाले आफ्नो कार्य-जिम्मेवारी गम्भीर रुपमा गुमाएको छ र भाइरस फैलावटको सूचना लुकाएको निहुँमा विश्व स्वास्थ्य संगठनलाई अभियोग लगाइरहेको छ।

दोस्रो, अमेरिकाले चीनको रोग अवस्थाको ठीक रुपमा मूल्याङ्कन नगरेको र चीनका लागि बहस गर्न सघाएको निहुँमा विश्व स्वास्थ्य संगठनमाथि हिलो छ्यापेको छ।

तेस्रो, अमेरिकाले महामारीको शुरुवातमा यात्रा निषेध गर्ने कुरामा लचकता देखाएको निहुँमा विश्व स्वास्थ्य संगठनमाथि नै दोषारोपण गरेको छ।

हाल पूरै विश्वमा नयाँ कोरोना महामारी संक्रमितको कूल संख्या २१ लाख ५० हजारभन्दा बढी नाघेकाले रोग प्रतिरोध र नियन्त्रण परिस्थिति एकदमै जरुरी छ। अमेरिकाले तत्काल रोगलाई राजनीतिकरण गर्ने कारवाई बन्द गर्नुका साथै छिटोभन्दा छिटो रोग निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यको सही बाटोमा फर्कनुपर्नेछ।

जानकारी तथा लेखहरु