फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले विश्व स्वास्थ्य संगठनको सहायता रोकेकोमा अफ्रिकाका विभिन्न पक्षको आश्चर्य र खेद

(GMT+08:00) 2020-04-18 19:03:59
बितेका केही दिनयता अफ्रिकाका विभिन्न पक्ष र मुख्य सञ्चार-माध्यमहरूले वक्तव्य, सम्पादकीय लेख र विशेषज्ञको राय-सुझाव आदि तरिकामार्फत विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै विश्व स्वास्थ्यका लागि सहायता रोकेकोमा डोनाल्ड ट्रम्पमाथि टिप्पणी गरेका छन् र नयाँ कोरोना महामारीको प्रतिरोध गर्न चीन र अफ्रिकाबीचको सहकार्यलाई अझ घनिष्ट पार्न आह्वान पनि गरेका छन्।

गत अप्रिल ८ तारिखदेखि अफ्रिकी संघ परिषद्का अध्यक्ष मौसा फाकी महमेद, अफ्रिकी संघको वर्तमान अध्यक्ष मुलुक दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफुसा, रुवाण्डाका राष्ट्रपति पाउल कागामे र नामिबियाका राष्ट्रपति हाग गेइन्गोबले अघिपछि गरी सार्वजनिक आदान-प्रदान मिडियामार्फत विश्व स्वास्थ्य संगठनले सारा विश्वको नेतृत्व गर्दै रोग प्रतिरोध गर्ने कुराको अमेरिका सरकारले विरोध गरेकोप्रति ज्यादै आश्चर्य लागेको व्यक्त गर्नुभएको छ। साथै उहाँहरूले अफ्रिकी संघ र अफ्रिकाले सक्दो प्रयासमार्फत विश्व स्वास्थ्य संगठन र महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसलाई समर्थन गर्नुका साथै वर्तमान ध्यानाकर्षणलाई सारा विश्व एकताबद्ध भएर रोगप्रतिरोधमा केन्द्रित गर्न पनि आह्वान गर्नुभएको छ।

गत अप्रिल १५ तारिख यता अफ्रिकाका अधिकांश मुख्य सञ्चार-माध्यमहरूले पनि विविध तरिकामार्फत अमेरिका सरकारको आलोचना गर्नुका साथै नयाँ कोरोना महामारीको प्रतिरोध गर्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यवद्ता ज्यादै महत्वपूर्ण कुरा हो भन्ने धारणा व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु