फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस संक्रमित थपिए

(GMT+08:00) 2020-04-18 19:47:26
नेपालमा एकैदिन १४ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय भएको आफूलाई जानकारी आएको बताउनुभयो।

उनीहरू एक महिना अगाडि मोरङ, सुनसरी र सप्तरी हुँदै उदयपुर आएको भन्ने बुझिएको छ। अहिले सो मस्जिदमा १६ जना रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताउनुभयो। उहाँले १६ जनामध्ये १२ जना भारतीय रहेको पनि जनाउनुभयो। 'उहाँहरू मस्जिदको ठूलो हलमा हुनुहुन्छ। हामीले निगरानी गरिरहेका छौं,' उहाँले भन्नुभयो।

बुधबार १६ जनाकै स्वाब परीक्षण गर्नको लागि कोसी अस्पतालमा रहेको प्रयोगशाला पठाइएको थियो।

सेतोपाटी अनलाइनका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

संक्रमण देखिएका सबै पुरूष भएको २० देखि ४० उमेर समूहका रहेका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

जानकारी तथा लेखहरु