फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जीवन रक्षाको प्राथमिकता नै चीनको महामारी प्रतिरोधको महत्वपूर्ण अनुभव

(GMT+08:00) 2020-04-19 16:57:25
"अस्पतालले हामीलाई राम्रोसँग हेरचाह गरेकोमा चिकित्साकर्मीहरुलाई धेरै धन्यवाद दिन चाहन्छु", उपचार क्रमको पुनरावलोकन गर्दा वुहानकी एक जना ७९ वर्षीय बूढीले हाम्रा पत्रकारलाई उक्त कुरा बताएकी हुन्।

कोरोना भाइरस महामारी देखा परेयता चीनका सर्वोच्च नेताले सधैं जोड दिनुभएको झैं, जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिक स्थानमा राख्नुपर्छ। फु छुन च नामक ती बूढी चालू वर्षको फेब्रुअरीमा कोरोना भाइरसबाट संक्रमित भइन्। यसका साथै उनका श्रीमान पनि संदिग्ध संक्रमित बने। वुहानको चिनियाँ परम्परागत चिकित्सा विधि अस्पतालको राम्रो उपचारमा उनीहरु अस्पताल भर्ना भएपछिको दश दिनभित्रै निको भएका थिए।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकृतका अनुसार, वुहानमा कोरोना भाइरस संक्रमित ८० वर्ष भन्दा बढी उमेरका बूढा-बूढीहरुमध्ये करिब ७० प्रतिशतको सफल उपचार भएको छ। तीमध्ये ७ जना एक सय वर्षका बूढा-बूढी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसबाट महामारीको प्रतिरोधमा चीनले जीवन रक्षालाई प्राथमिक स्थानमा राखेको प्रतिबिम्बित छ।

अब विश्वको सबैभन्दा विकसित मुलुक अमेरिका हेरौं, यस पटकको महामारीमा अमेरिकामा कोरोना भाइरसका संक्रमित तथा मृतकहरु विश्वको पहिलो स्थानमा रहेका छन्। अमेरिकाले महामारीबाट ल्याइएको क्षति पहिलेको सेप्टेम्बर ११ तारखमा भएको आंतकवादी घटनाको तुलनामा पनि बढी रहेको अमेरिकी सञ्चार माध्यमको रिपोर्ट छ।

हरेक व्यक्तिको जीवन एक पटक मात्र हुन्छ। जुनसुकै व्यवस्था होस्, जीवनको सम्मान गर्नु र त्यसको संरक्षण गर्नु आधारभूत अडान हुनुपर्छ। मत भिन्नतालाई पन्छाएर सहयोग गरे मात्र अरु बढी जीवन बचाउन सकिने छ।

जानकारी तथा लेखहरु