फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहानका अघिल्ला ७ जना संक्रमितको उपचार रेकर्ड पहिलो पल्ट सार्वजनिक

(GMT+08:00) 2020-04-19 16:58:01

चीनको रोग अवस्थाबारे बुझाउने पहिलो व्यक्ति अर्थात् चाङ ची स्येनले प्रतिवेदन गर्नुभएको अघिल्ला ७ जना नयाँ कोरोना महामारी संक्रमितको पहिलो उपचार रेकर्ड हाल पहिलो पल्ट सार्वजनिक गरिएको छ। ३ महिना भएपछि चाङ ची स्येनले पहिलो पटक विभिन्न विभागका विशेषज्ञहरूले ती संक्रमितलाई दिएको पहिलो पल्टको उपचार राय-सुझावलाई समाज समक्ष देखाउनुभएको छ।

गत सन् २०१९ को डिसेम्बर २६ देखि २९ तारिखसम्म हुपै प्रान्तीय चिनियाँ र पश्चिमी चिकित्सा अस्पताल अन्तर्गत श्वासप्रश्वास विभागका प्रमुख चाङ ची स्येनले जिम्मेवारीका क्रममा अघिपछि गरी ७ जना अज्ञात निमोनिया संक्रमितसँग भेट्नुभएको थियो। सरुवा रोग सम्बन्धी आफ्नो उच्च सतर्कता बमोजिम उहाँले सबैभन्दा छिटो गरी नयाँ कोरोना महामारीको प्रवृत्ति फेला पार्नुभयो। अनि उहाँले अस्पतालको सम्बद्ध विभागसँगै माथिल्लो तहलाई प्रतिवेदन पेश गरी सर्वप्रथम रोग प्रतिरोध र नियन्त्रणको कार्यबारे चेतावनी दिनुभएको थियो।

नयाँ कोरोना भाइरसको मानिस माझ संक्रमण गरिने खतरा बोकेको कुरालाई अझ पहिला नै सर्वसाधारणसमक्ष जानकारी दिने कि भन्ने बाह्य क्षेत्रको आशंकाबारे चर्चा गर्दै चाङ ची स्येनले यस्तो उत्तर दिनुभएको छ: रोगबारे बुझ्न नै एउटा प्रक्रिया चाहिन्छ। कुनै विषयबारे स्पष्टसँग नबुझुन्जेलसम्म धेरै बोल्नु हुँदैन। विशेषत: वैज्ञानिक अनुसन्धान गर्ने क्रममा निश्कर्ष निकाल्नु अघि सर्वसाधारणसमक्ष के कस्तो व्यक्त गर्न मिल्छ? किनभने यस्तो विषयमा वैज्ञानिक र होसियारीपूर्वक धारणा निकाल्नुपर्छ।

जानकारी तथा लेखहरु