फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"अमेरिका र जापानका लगानीकर्ता चीनबाट फर्किने"कुरा किन अपत्यारिलो?

(GMT+08:00) 2020-04-19 17:00:44
वैदेशिक लगानी चीनबाट हट्ने भन्ने कुरा ताजा समाचार होइन, विश्वमा कोरोना भाइरस महामारी तीव्र गतिले फैलिइरहेको अवस्थामा "अमेरिका तथा जापान सरकारले तिनीहरुका व्यवसायहरु चीनबाट विस्थापित गर्नका लागि सघाउने" आवाज हिजोआज फेरि सामाजिक सञ्जालहरूमा प्रचलित हुन थालेको छ।

अमेरिकी व्यवसायहरुले चीनबाट स्थानान्तरण गर्ने खबरको उत्पत्ति ह्वाइट हाउसका आर्थिक सल्लाहकार परिषदका प्रमुख लारी कुडलोले फक्स च्यानलमा बोल्नुभएको हो। यस कार्यक्रममा उहाँले अमेरिकी व्यवसायहरु चीनबाट अमेरिका फर्केमा अमेरिका सरकारले तिनीहरुबाट कर सहुलियत दिनसक्ने भन्नुभयो।

यस्तो भनाई केही अमेरिकी राजनीतिज्ञले महामारीको अवधिमा धेरै पटक उठाउनुभयो, तैपनि अमेरिकाको कुनै पनि ठोस कदम छैन।

जापानलाई हेर्दा त्यसमा श्रम शक्तिको अभावको समस्या निकै ठूलो छ। जापानका ७० प्रतिशतका व्यवसायहरुमा श्रम शक्तिको अभाव छ भने असी प्रतिशतका व्यवसायहरुमा ३४ वर्षमुनिका युवक श्रम शक्तिको अभाव छ। त्यसका अतिरिक्त, जापानमा श्रम शक्ति र जमिनका लागि खर्च चीनभन्दा धेरै बढी रहेको छ। र अमेरिकालाई हेर्दा त्यसको समस्या अझ गम्भिर छ। अमेरिकामा उत्पादन सम्बन्धी दक्ष व्यक्तिको अभाव छ। एप्पल कम्पनीलाई उदाहरणका लागि अमेरिका सरकारले स्वदेशमा फर्काउन निरन्तर रुपमा आह्वान गरेतापनि चीनमा त्यसका आपूर्ति व्यवसायहरुको संख्या सन् २०१८ को ३४ बाट सन् २०१९ को ४१ सम्म बढेको थियो।

पूर्ण, प्रभावकारी र कम खर्च भएको "विश्वको कारखाना" एकै दिनमा निर्मित होइन, केही राजनीतिज्ञले फैलाएको उत्तेजनाबाट यस्तो परिस्थिति रूपान्तरित हुनसक्ने छै‍न।

जानकारी तथा लेखहरु