फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो संक्रमितदेखि ७ लाख संक्रमितसम्म ह्वाइट हाउसको सूचनामा व्यापक अन्तर्विरोध

(GMT+08:00) 2020-04-19 18:20:39

अमेरिकामा कोरोना भाइरस महामारी देखा परेयता राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक दिन ह्वाइट हाउसमा अध्यक्षता गर्नुभएको महामारी विषयक सूचना बैठक अमेरिकी नागरिकहरुका लागि एउटा महत्वपूर्ण खबर बनेको छ, तर त्यसलाई निरन्तर रुपमा अमेरिकीहरुले आलोचना गरेका छन्। हालै सी.एन.एनले "कोरोना भाइरस महामारीप्रति ट्रम्पको परिवर्तित उत्तर" शीर्षकमा भिडियो बनाएर अमेरिकामा पहिलो संक्रमितदेखि ७ लाख संक्रमितसम्म ह्वाइट हाउसको सूचनामा अन्तर्विरोध भएको विषय पुनरावलोकन गरेको छ।

यसभन्दा अगाडि "न्युयोर्क टाइम्स"ले हरेक दिनको महामारी विषयक सूचना बैठकमा राष्ट्रपतिले सधैं परिवर्तित धारणा लिए तापनि उहाँले यसलाई अस्वीकार गर्नुभयो। यताका केही महिनादेखि उहाँले महामारीको गम्भिरताको मूल्यांकनमा पनि निरन्तर परिवर्तन धारणा राख्दै आउनुभएको छ। शुरुमा उहाँले कोरोना भाइरसलाई "चमत्कारको रुपमा हराउने" एक किसिमको सामान्य फ्लु भएको दाबी गर्नुभएको थियो। त्यसपछि उहाँले त्यसलाई "यो मुलुकको सामु देखा पर्नसक्ने सबैभन्दा खतरनाक कुरा" भएको दाबी गर्नुका साथै महामारीसँग लड्ने घोषणा गर्नुभयो।

अप्रिल १६ तारखि सीएनएनका टिपणीकार, सरुवा रोग सम्बन्धी विशेषज्ञ सिलिन जुन्दरले राजनीतिज्ञले महामारी विषयक सूचना बैठकको अध्यक्षता गर्नुहुँदैन, बरु चिकित्साकर्मी तथा वैज्ञानिकहरुले त्यसको अध्यक्षता गर्नुपर्ने जनाउनुभयो।

अप्रिल १७ तारिख बेलायतको "फाइनान्सिल टाइम्स"ले ट्रम्पको सट्टामा महामारी सम्बन्धी विशेषज्ञ टोली र विभिन्न राज्य सरकारका विशेषज्ञहरुले महामारीको प्रतिरोधको जिम्मा लिने हो भने अमेरिकीहरुका लागि सबैभन्दा उपयोगी हुने टिपणी छापेको छ।

जानकारी तथा लेखहरु