फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रप्रति कसरी व्यवहार गर्ने? चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यसरी बताउनुहुन्छ

(GMT+08:00) 2020-04-19 18:21:07
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत मार्च २९ देखि अप्रिल १ तारिखसम्म चीनको चच्याङ प्रान्तको निरीक्षण गर्ने क्रममा रोग प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकास कार्यलाई क्रमश: अघि बढाउनुका साथै सक्दो प्रयासमार्फत यस वर्षको आर्थिक र सामाजिक विकास लक्ष्यलाई साकार तुल्याउने कुरामा जोड दिनुभएको छ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले अप्रिल १७ तारिख जारी गरेको तथ्याङ्क अनुसार, सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कूल राष्ट्रिय उत्पादित गार्हस्थ मात्रा २ सय १ खर्ब ५० अर्ब ४० करोड चिनियाँ युआन रहेको छ भने गत वर्षको सोहि अवधिको तुलनामा ६.८ प्रतिशतले झरेको छ। पहिलो त्रैमासिकमा जनजीवनसँग सम्बन्धित रहेका महत्वपूर्ण व्यवसाय र माल सामानको उत्पादन स्थिर रुपमा वृद्धि हुनुका साथै आधारभूत जनजीवनलाई यथावत रुपमा राम्रोसँग सुनिश्चित गरिएको कुरा पनि सो तथ्याङ्कमा उल्लेख गरिएको छ। रोग प्रतिरोध र नियन्त्रण कार्यमा सकारात्मक प्रगति प्राप्त हुँदै आएको सिलसिलामा उत्पादन र कारोबार पनि क्रमश: पुन:शुरु हुन थालिएको छ।

वर्तमान चीनको अर्थतन्त्रप्रति कसरी व्यवहार गर्ने? राष्ट्राध्यक्ष सी चिनफिङले यसरी उत्तर दिनुभएको छ। यस्तो अवस्था आइपरे तापनि सम्पूर्ण, निष्पक्ष र दीर्घकालीन दृष्टिद्वारा चीनको विकासको व्यवहार गर्नुका साथै विश्वासलाई सबल र सुदृढ पार्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

वर्तमान रोग प्रतिरोध र नियन्त्रण कार्य तथा आर्थिक र सामाजिक विकास परिस्थितिको जटिलताबारे स्पष्टसँग बुझ्नुका साथै विभिन्न कार्यमा रहेका जिम्मेवारी र जरुरी भावनालाई सबल पारी सम्पूर्ण व्यवसाय लाईनको पूर्ण उत्पादनको पुन:आरम्भलाई अघि बढाउने कुरा पनि राष्ट्राध्यक्ष सीले ‌औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु