फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अर्थतन्त्रको दीर्घकालीन सुधारको आधारभूत अवस्था अपरिवर्तित

(GMT+08:00) 2020-04-19 18:21:37
हाल चीनले क्रमश: रोग प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाइरहेको छ। छोटो अवधिमा चीनको अर्थतन्त्रमाथि रोगबाट ल्याइएको चोट लागे तापनि चीनको अर्थतन्त्र दीर्घकालीन रुपमा राम्रो बन्दै जाने आधारभूत अवस्थामा कुनै परिवर्तित नहुने ठहर विविध देशका गण्यमान्य व्यक्तिहरूले गरेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका प्रथम अर्थविद् गिता गोपिनाथले रोगले चीनको पहिलो त्रैमासिकको आर्थिक वृद्धिमाथि ठूलो नकारात्मक प्रभाव पारे तापनि रोग प्रतिरोधात्मक कदम सबल हुँदै गएको र विभिन्न उत्पादन र कारोबार पुन:शुरु भएको सिलसिलामा चीनको अर्थतन्त्र राम्रो दिशातर्फ परिवर्तित हुने कुरा औँल्याउनुभएको छ।

अस्ट्रेलियाको राष्ट्रिय भण्डारका प्रमुख जोश फ्रिडेन्वर्गले हाल चीनको अर्थतन्त्र द्रुत गतिले पुन:राम्रो बनिरहेको बताउँदै‍ गत मार्चको अन्त्यदेखि चीनतर्फ गरिने अस्ट्रेलियाको निर्यात पनि पुन:शुरु भएको जानकारी दिनुभएको छ।

फ्रान्सेली पूर्व प्रधानमन्त्री जिन पिएर राफारिनले चीनको इन्जिन भूमिका विश्व आर्थिक वृद्धिका लागि नभई नहुने चीज हो भन्ने कुरामा जोड दिनुभएको छ।

विश्वका धेरै मुलुकका गण्यमान्य व्यक्तिहरूले चीनले उत्पादन र कारोबार पुन:आरम्भ गरेको कुराको सारा विश्वको आपूर्ति लाईनलाई स्थिर पार्न र विश्व अर्थतन्त्रको पुनरुत्थानलाई अघि बढाउन ज्यादै महत्वपूर्ण अर्थ रहेको ठहर गरेका छन्।

जानकारी तथा लेखहरु