फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको यस वर्षको पहिलो त्रैमासिक अर्थतन्त्र घटेको

(GMT+08:00) 2020-04-20 14:56:25

चीनको पहिलो त्रैमासिक कूल ग्राहस्थ उत्पादन (जीडिपी) गत वर्षको सोहि अवधिको तुलनामा ६.८ प्रतिशतले घटेको छ। यो सन् १९९२ मा त्रैमासिक जीडिपी तथ्यांक सार्वजनिक गर्न थालेदेखि कै सबैभन्दा न्यून हो। तर आर्थिक विश्लेषणकर्ता र शेयर बजारले यो तथ्यांकप्रति ठूलो चिन्ता लिन नपर्ने बताएका छन्।

उक्त तथ्यांक सार्वजनिक गरेको दिन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोले वर्तमान आर्थिक अवस्था तथा आर्थिक कार्यबारे विशेष सम्मेलनको पनि आयोजना गरेको छ। यस वर्षको पहिलो त्रैमासिक असामान्य देख्नुको कारण आकस्मिक उत्पन्न भएको कोभिड १९ रहेको उल्लेख छ। यसले चिनियाँ आर्थिक सामाजिक विकासमा आघात पुर्याएको सम्मेलनमा बताइएको छ।

आमनागरिक घरमै बसेको कारण पहिलो त्रैमासिकमा खाद्य व्यवसायको आम्दानी रकम जम्मा ६ खर्ब २ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ जुन ४४.३ प्रतिशतले घटेको छ। साथै खुद्रा विक्री व्यवसायमा पनि आम्दानी रकम जम्मा ७२ खर्ब ५५ अर्ब ३० करोड चिनियाँ युआन पुगेको छ र गत त्रैमासिक तुलनामा १५.८ प्रतिशतले घटेको छ।

यस्तो तथ्यांक बाहिरिँदा पनि चीनको आर्थिक क्षेत्र र बाह्य आर्थिक संस्थाले किन चिन्ता नगरेको त? पहिलो, व्यवसाय र आर्थिक गतिविधि अस्थायी रूपमा ठप्प छ। दोस्रो, चिनियाँ जनताको आधारभूत आवश्यकताको प्रत्याभूति भएको व्यवसाय स्थिर छ। तेस्रो, चीनमा विशाल बजार, पूर्ण श्रमिक शक्ति र उच्च कार्यकुशलता आपूर्ति प्रणाली भएकोले भविश्यमा विकास गर्ने हितकर कारकतत्व छ।

दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्र कसरी विकास हुने छ? मार्चमा विभिन्न आर्थिक सूचक जनवरी र फेब्रअरीको तुलनामा स्पष्ट रुपमा सुधार भएकोले चीनको अर्थतन्त्रमा सबैभन्दा नराम्रो अवधि बितिसकेको सम्बन्धि विश्लेषणमा उल्लेख गरिएको छ।

हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष चीनको आर्थिक वृद्धि दर १.२ प्रतिशत मात्र हुने अनुमान गरेको छ। कोषको अनुमानमा सन् २०२० मा अमेरिकी अर्थतन्त्र ५.९ प्रतिशतले र जापानी अर्थतन्त्र ५.२ प्रतिशतले घट्ने छ।

जानकारी तथा लेखहरु