फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टेड्रोसद्वारा बीस मुलुक समूहलाई धन्यवाद ज्ञापन

(GMT+08:00) 2020-04-20 18:44:48
विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले बीस मुलुक समूहको स्वास्थ्य मन्त्री स्तरीय भिडियो सम्मेलनमा बीस मुलुक समूहका नेताहरुद्वारा अन्तर्राष्ट्रिय महामारीको रोकथाम तथा नियन्त्रण कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई मजबुत बनाउने बचनबद्धताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँका अनुसार विश्वमा सबैका सामु अभूतपूर्व स्वास्थ्य संकट देखापरेको छ। विश्व स्वास्थ्य संगठनले धेरै मुलुक तथा क्षेत्रलाई अनुसन्धान उपकरणहरू र व्यक्तिगत सुरक्षात्मक उपकरण पठाएको छ। हाल विश्व स्वास्थ्य संगठनले "एकताबद्ध परीक्षण" योजना सुरु गर्दै चार औषधीको सुरक्षा र प्रभावकारिताको अनुसन्धान गरिरहेकको छ।

यसका साथै महाप्रबन्धक टेड्रोसले तीनवटा आग्रह गर्नुभएको छ। विभिन्न मुलुकले बैज्ञानिक तथा प्रमाणित निर्देशनमा निरन्तर कोभिड-१९ सँग द्दढ लडाई गर्दै जानुपर्छ। बीस मुलुक समूहले विश्वद्वारा कोभिड-१९ को प्रतिरोधमा निरन्तर समर्थन दिँदै जानुपर्छ। र बीस मुलुक समूहले संयुक्त प्रयास गर्दै आवश्यकता अनुसारको उत्पादन र समान वितरण बढाउँदै जानुपर्छ।

जानकारी तथा लेखहरु