फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विरोध प्रदर्शनलाई प्रोत्साहन गर्नु नै ट्रम्पको खतरनाक कार्य रहेको अमेरिकी सञ्चार माध्यमको टिप्पणी

(GMT+08:00) 2020-04-20 18:45:40
कोरोना भाइरस फैलिँदै गएको अवधिमा केही अमेरिकी नागरिकहरुले सडकमा जुलुस प्रदर्शन गर्दै "गृह आदेश"को विरोध गरेका छन्। उनीहरुले"हामी काममा लाग्छौं।","फ्युसीलाई बर्खास्ती गर"लगायतका नारा लगाएका छन्।

अमेरिकाको एलर्जी र संक्रामक रोग अनुसन्धान व्युरोका अध्यक्ष एवं ह्वाइट हाउसको महामारी कार्य टोलीका सदस्यको रुपमा आन्टोनी एस फ्युसीले राष्ट्रपति डोनाल्ड ट्रम्पको महामारी सम्बद्ध निर्णयमा धेरै बैज्ञानिक सुझाव प्रदान गरेकाले प्रदर्शनकारीले आँखामा शत्रु बन्नु भएको छ।

चर्को जुलुस प्रदर्शनीका सामु अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रिल १७ तारिख ट्विटरमा तीन वटा टिप्पणी गर्दै"मिशिगन,मिनेसोट र भर्जिनियालाई शिथिल बनाउन" आव्हान गर्नुभएको छ।

अमेरिकाको वाशिंगटन पोष्टले एक लेख सार्वजनिक गर्दै ट्रम्पको उक्त धारणाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको जनाएको छ। अमेरिकाको सीएनएनले टिप्पणी सार्वनजिक गरेर माहामारीका कारण काम गुमाएका जनताबीच बेचैनी, क्रोध र निराशा फैलिँदै गएको उल्लेख छ। ट्रम्पको उक्त धारणाले ती जनसमूहमा अत्यधिक खतरा सिर्जना गर्ने सम्भावना छ।

जानकारी तथा लेखहरु