फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपभोग कार्डद्वारा चीनको अर्थतन्त्र प्रवर्द्धन

(GMT+08:00) 2020-04-20 18:46:14

कोभिड-१९का कारण ७६ दिनसम्म बन्द भएको वुहान शहर सामान्य अवस्थामा फर्किएको छ। अप्रिल बीस तारिखदेखि स्थानीय सरकारले वुहानका नागरिकलाई वितरण गरेको उपभोग कार्ड व्यापक रुपमा प्रयोग हुँदै आएको छ। २ अर्ब ३० करोड चिनियाँ युआन कूल रकमको सो उपभोग्य कार्ड खानपान, शपिंग मल्ल, सुपरमार्केट र संस्कृति खेलकुद पर्यटन गरी चार क्षेत्रमा प्रयोग गर्न सकिन्छ। वुहान बाहेक नान चिङ,हाङ चौ शहरहरु पनि उक्त उपभोग कार्ड नीति लागू गरिएको छ।

सरकारले वितरण गरेको उपभोग कार्डले नागरिक उपभोग भावनालाई प्रोत्साहन गरेको छ। आर्थिक नियमबमोजिम उत्पादन तथा जीवन सामान्य अवस्थामा फर्किएको साथमा उपभोग्य गतिविधि क्रमशः पुनःरुत्थान हुँदैछ। चीनको राष्ट्रिय तथ्याङ्क व्युरोका प्रेस प्रवक्ता माउ शङ युङका अनुसार केही क्षेत्रको वास्तविक प्रभावबाट हेर्दा उपभोग्य कार्ड नीतिले स्थानीय बासिन्दाको उपभोक्तालाई विस्तार गर्नु र बजारको सक्रियतालाई प्रवर्द्धन गर्ने कार्यले अपेक्षाकृत राम्रो भूमिका सिर्जना गरेको छ।

वुहान लगायत केही शहरहरुले कम आमदानी भएका समूहलाई विशेष आपूर्ति प्रदान गर्दै उनीहरुको जीवनलाई प्रत्याभूति गरेका छन्। साथै सरकारले केही ससाना व्यवसाय र निजी व्यापारीलाई ब्याजरहित वा कम ब्याज ऋण, भाडा र कर छुट आदि सहुलियत नीति सिर्जना गरेको छ।

जानकारी तथा लेखहरु