फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी २० संगठनका स्वास्थ्य मन्त्रीहरूको बैठक सम्पन्न

(GMT+08:00) 2020-04-20 18:46:46
जी २० संगठनका स्वास्थ्य मन्त्रीहरूको भिडियो बैठक अप्रिल १९ तारिख सम्पन्न भयो। जी २० संगठनको वर्तमान अध्यक्ष मुलुक साउदी अरेबियाका स्वास्थ्य मन्त्री तावफिख अल-राविहको अध्यक्षतामा सो बैठक आयोजना भएको हो। जी २० संगठनका प्रतिनिधिहरु, स्पेन, सिंगापुर, जोर्डन र स्विजरल्याण्ड आदि मुलुकका प्रतिनिधिहरु, विश्व स्वास्थ्य संगठन र विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरु बैठकमा सहभागी भएका छन्।

बैठकले नयाँ कोरोना भाइरस महामारीले जनजीवन र सामाजिक अर्थव्यवस्थामा देखापर्ने गम्भीर चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले सक्रिय कदम चाल्नुपर्ने उल्लेख गरेको छ। विश्वव्यापी स्वास्थ्य र सुरक्षा सहयोगलाई अझ सुदृढ बनाउनुपर्ने भन्दै महामारीले विकासोन्मुख देश र कम विकसित देशमा महामारीको प्रभावमा ध्यान दिनुपर्ने कुरामा बैठकले जोड दिएको छ। विभिन्न देशका स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नयाँ कोरोना भाइरस महामारीको रोकथाम र नियन्त्रणका लागि आफ्ना अनुभवहरू र सान्दर्भिक उपायहरू आदानप्रदान गरेका छन्।

जानकारी तथा लेखहरु