फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको शत्रु चीन नभएर भाइरस रहेको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2020-04-20 18:54:42
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १९ तारिख चीनको महामारी अवस्थाको सर्वेक्षण गर्नका लागि अमेरिकी अन्वेषकलाई चीनमा पठाउने इच्छा राखेको भन्दै चीनले महामारी विश्वमा फैलिएकोमा जिम्मा लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ। सो बारेमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अप्रिल २० तारिख पैचिङ्गमा नियमित्र पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै महामारीका सामु चीन र अन्य मुलुक सबै शिकार भएको बताउनुभयो। केही अमेरिकीहरुले स्पष्ट रुपमा के थाहा पाउनु पर्छ भने उनीहरुको शत्रु भाइरस हो चीन होइन। उहाँका अनुसार महत्वपूर्ण सार्वजनिक स्वास्थ्य संकटबाट आएको धम्कीका सामु अन्तर्राष्ट्रिय समाजले एकताबद्ध सहयोग गर्नुपर्छ आपसमा निन्दा होइन। सन् २००९ एचवान एनवान फ्लुले अमेरिकामा ठूलो परिमाणमा क्षति गरेको थियो। जसले २१४ मुलुक तथा क्षेत्रमा फैलिएको थियो। कसैले अमेरिकालाई दोष लगाएर क्षतिपूर्ति मा गरेन। अमेरिकाले वास्तविकता र विज्ञानलाई सम्मान गर्दै चीनमाथि निराधार दोष लगाउने काम बन्द गर्नु पर्छ। अमेरिकाले अन्तर्राष्ट्रिय महामारीको रोकथाम तथा नियन्त्रण सहयोगलाई प्रवर्द्धन गर्नसक्ने आशा चीनले लिएको उहाँले बताउनुभयो।
जानकारी तथा लेखहरु