फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञहरू लाशमाथि राजनीति गरिरहेका छन्

(GMT+08:00) 2020-04-20 19:19:35
चीनमा कोभिड १९ बाट वास्तविक मृतकको संख्या भनिएको भन्दा धेरै बढी रहेको ह्वाइट हाउसको महामारी सम्बन्धी बैठकमा अमेरिकी नेताले पटकपटक दोहोर्‍याएर चीनलाई बदनाम गरेका छन्। यसअघि उनीहरुले सामाजिक संजालमा "चीनमा मर्नेको संख्या अमेरिकाको तुलनामा धेरै रहेको" भन्दै हल्ला फैलाएका थिए।

महामारीबाट भएको हरेक मृत्यु दुर्भाग्यपूर्ण र दुःखद छ। जब राजनीतिज्ञहरूले जीवनको सम्मान र संरक्षणलाई बेवास्ता गर्दछन् तब यसलाई चिसो संख्या र राजनीतिक औजारको रूपमा प्रयोग गर्न थाल्छन्। यसले मानव नैतिकताको तल्लो रेखालाई ध्वस्त बनाएको हो। यस कारण, अमेरिकी नेताहरू आफ्नै नागरिकबाट आलोचित बनेका छन्।

अमेरिकामा महामारीको अवस्था झन्-झन् गम्भिर हुँदै जाँदा मानिसहरूसँग सरकारप्रति असन्तुष्टि झनै गम्भीर हुँदै गएको छ। अमेरिकी ह्वाइट हाउसका वरिष्ठ अधिकारी, कांग्रेसका सदस्यहरू, रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले चीनलाई फेरि एक पटक बदनाम गर्दै आफ्ना गल्ती ढाकछोप गर्ने निहु खोजिरहेका छन्। महामारीमा आफ्नो कमजोर व्यवस्थापन र फितलो तयारीलाई ढाकछोप गर्न आफ्नो उत्तरदायित्व चीनमाथि थोपर्ने वाहना खोजिरहेका छन्। उनीहरुको उद्देश्य चीनको विकासलाई रोक्नु र चीन तथा अन्तर्राष्ट्रिय समुदायको बिरूद्ध झगडा गराउनु रहेको छ।

उनीहरू मृतकलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्छन्। मृतकको संख्यालाई राजनीतिक प्रतिस्पर्धाको रूपमा मान्दछन् र महामारीमा चीनमा मृत्यु हुने संख्या अमेरिकाको भन्दा बढी रहेको झुट बोल्दछन्। यो मानव नैतिकताको निकृष्टता हो।

जानकारी तथा लेखहरु