पल्लो शानसी प्रान्तको भ्रमण गर्ने क्रममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ २० तारिख दिउँसो चा श्वी जिल्लाको चिनमी गाउँ पुग्नुभयो। चिनमी गाउँ छिङ लिङ पहाडमा रहेकोले स्थानीय जनताले यस्तो पहाडी वातावरणको प्रयोग गरी च्याउ खेतीबाट गरिबी निवारणको मुख्य आधारका रूपमा विकास गर्दैआएका छन्। ग्रामीण तालिम केन्द्रमा केही वासिन्दाले इन्टरनेटमार्फत् बिक्री गर्ने तयारी गर्दैछन्। राष्ट्राध्यक्ष सीले इन्टरनेट प्रत्यक्ष प्रसारण चौतारोमा गएर उनीहरुसँग कुराकानी गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले भन्नुभयोः 'इ-कर्मस कृषि उत्पादनको बिक्रीमा महत्वपूर्ण छ।'