फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"७७ मुलुक समूह र चीन"द्वारा विश्व स्वास्थ्य संगठनलाई समर्थन

(GMT+08:00) 2020-04-21 18:20:44

अप्रिल १९ तारिख "७७ वटा मुलुक समूह र चीन"ले एउटा वक्तव्य प्रकाशित गर्दै कोभिड १९ विरूद्ध लड्नमा विश्व स्वास्थ्य संगठनको नेतृत्वको भूमिकाको प्रशंसा गरेका छन्।

उक्त वक्तव्यमा कोभिड १९ महामारीको तीव्र प्रसारको बारेमा गहिरो चिन्ता व्यक्त गर्नुका साथै यो आधुनिक इतिहासको सबभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकट रहेको र जीवन बचाउनु नै हालको प्राथमिकता रहेको उल्लेख छ। वक्तव्यले महानिर्देशक टेड्रोस अधानोम घेब्रेभेसुसको नेतृत्वमा विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको छ। वक्तव्यमा विश्व स्वास्थ्य संगठनले विकासोन्मुख मुलुकलाई महामारिको रोकथाम र नियन्त्रणमा प्रभावकारी सूचना, प्राविधिक निर्देशन र तालिम प्रदान गरेकोमा सराहना पनि गरिएको छ।

सो वक्तव्यमा महामारीको फैलावट रोक्न र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदाय एकता हुने आशा जनाइएको छ। विभिन्न मुलुकले विश्व स्वास्थ्य संगठनका लागि सक्दो समर्थन गर्दै निरन्तरता दिन आह्वान पनि उक्त वक्तव्यमा गरिएको छ।

जानकारी तथा लेखहरु