फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय व्यवसायद्वारा विश्वव्यापी आपूर्ति शृङखला कायम

(GMT+08:00) 2020-04-21 18:22:05
हाल विश्वमा फैलिँदै गएको नयाँ कोरोन भाइरसले अन्तर्राष्ट्रिय बजारमा बाधा र उपभोगमाथि बन्द सिर्जना गरेको छ। चिनियाँ व्यवसाय लगायत विश्वव्यापी उद्यमले बाँच्ने बाटो खोज्दै महामारी अवस्थामा बजारको विकास अवसरको आविष्कार गरेका छन्।

हाल चीन-यूरोप मालवाहक रेलहरु सामान्य रुपमा सञ्चालनमा आएका छन्। अप्रिल १४ तारिख चीनको वुहानबाट चर्मनीको डुइसबर्गसम्मको चीन युरोप मालबाहक रेलहरुले जर्मनीलाई आकस्मिक महामारी रोकथाम सामग्री ढुवानी गरेका छन्। चीन र जर्मनीबीच महामारीका कारण घटाइएको मालसामान ढुवानी मात्राको ९० प्रतिशत सामान्य अवस्थामा फर्केको छ।

महामारीका कारण पूर्वी दक्षिण एशियाका अधिकांश उडान बन्द भएका छन् जसले अन्तर्राष्ट्रिय रसदमा ठूलो आघात सिर्जना गरेको छ। चीनको ई-वाणिज्य व्यवसाय अलिबाबाअन्तर्गत पूर्वी दक्षिणी एशिया ई-वाणिज्य मञ्च लाजादाले रसद कम्पनीसँग ई-वाणिज्य बस्तु र महामारी रोकथाम मालसामानलाई विश्वका १०० भन्दा बढी मुलुक तथा क्षेत्रमा पठाएको छ।

चीनको अन्तर्राष्ट्रिय रसद सेवा व्यवसाय रुकी अन्तर्राष्ट्रियले अप्रिल १० तारिख बताए अनुसार आफ्नो व्यवसायले सञ्लालन गरेको अन्तर्राष्ट्रिय रसद र विदेशमा गोदाम महामारी भएअघिको अवस्थामा फर्किएको छ। हरेक दिन चिनियाँ व्यवसायबाट युरोप, उत्तर अमेरिकासम्म पठाइने कन्टेनरको संख्या लगभग एक लाख पुगेको छ।

अप्रिल ७ तारिख चीनले ४६ वटा नयाँ अन्तर्राष्ट्रिय ई-वाणिज्य व्यवसाय परिक्षण क्षेत्रको स्थापना गर्ने निर्णय गरेको छ। जसबाट चीनको अन्तर्राष्ट्रिय ई-वाणिज्य व्यवसाय परीक्षण क्षेत्रको संख्या १०५ पुगेको छ। विविध कोणबाट हेर्दा चीनको अन्तर्राष्ट्रिय व्यवसायले विश्वको आपूर्ति शृङ्खलाका लागि आशा तथा विश्वास सिर्जना गरेको छ।

जानकारी तथा लेखहरु