फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनमाथि दोष लगाउनु"आगामी निर्वाचनलाई आफू अनुकूल बनाउने अमेरिकी चालबाजी

(GMT+08:00) 2020-04-21 18:39:46
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत रिपब्लिकन पार्टीका व्यक्तिहरुले बारम्बार कोरोना महामारीको जिम्मा चीनमाथि थोपर्ने कुरामा न्यूयोर्क टाइम्सले अप्रिल १८ तारिख राति लामो लेख प्रकाशित गर्दै अरुमाथि जिम्मेवारी लगाउनु रिपब्लिकन पार्टीको चलन रहेको औँल्याएको छ। महामारी रोकथाम कदमलाई सशक्त बनाउन नसकेको आफ्नो कमजोरीमा सर्वसाधारणले व्यक्त गरेको आक्रोशलाई मोड्न रिपब्लिकनहरुले चीनमाथि अन्धाधुन्द आरोप लगाएर आफूहरु पानी माथिको ओबानो हुने प्रयास गरेको सो लेखले विश्लेषण गरेको छ। यस्ता गतिविधिको आधार लक्ष्य दिन प्रति दिन कठिन बन्दै गएको निर्वाचन हो जसबाट रिपब्लिकन पार्टीले यस वर्षको निर्वाचनमा कठिन अवस्था देखेको प्रतिबिम्बित भएको छ। पेव अनुसन्धान केन्द्रको एक सर्वेक्षणका अनुसार ६५ प्रतिशत अमेरिकीहरुले ट्रम्पले महामारीका लागि ढिलो प्रतिक्रिया दिएको ठहर गरेका छन्। साथै ट्रम्पले मिशिगन आदि महत्वपूर्ण राज्यमा प्राप्त गरेको समर्थन दर दुई अंकले घटेको छ। यी कारकतत्वले रिपब्लिकन पार्टीद्वारा चीनमाथि गरिएको निन्दा प्रवृत्तिलाई अझ तीव्र बनाएको छ।

जानकारी तथा लेखहरु