फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वुहान भाइरस प्रतिष्ठानमाथि अमेरिकाको कथित आरोप

(GMT+08:00) 2020-04-21 19:28:43

अमेरिकी फक्स न्युजले अप्रिल १९ तारिखमा नयाँ कोरोना भाइरस चिनियाँ विज्ञान एकेडेमी अन्तर्गत वुहान भाइरस प्रतिष्ठानबाट आएको भन्दै अमेरिकाले यसबारे विस्तृत चाँजबुझ गर्ने सामग्री प्रसारण गरेको थियो। प्रसारित सो सामग्रीका अनुसार विज्ञले वुहान भाइरस प्रतिष्ठानले सुरक्षा स्तर कम गरेको भनेका छन् तर कुनै प्रमाण दिन सकेका छैनन्। त्यस्ता समाचारको कुनै व्यावसायिकता र विश्वसनीयता छैन।

सर्व विदितै छ कि फक्स न्युजको अमेरिकी नेताहरुसँग घनिष्ट सम्बन्ध छ। यस्तो समाचारमार्फत महामारीमा अमेरिका आफ्नो कमजोर व्यवस्थापन र फितलो तयारीलाई ढाकछोप गर्न चीनमाथि आरोप लगाउने बाहना खोजिरहेको छ। उनीहरुको उद्देश्य चीनको विकासलाई रोक्नु र चीन तथा अन्तर्राष्ट्रिय समुदायको बिरूद्ध झगडा गराउनु रहेको छ।

वास्तवमा, वुहान भाइरस प्रतिष्ठानमाथिको आक्रमणको कुनै वास्तविक आधार छैन। सबैभन्दा पहिले, वुहान भाइरस प्रतिष्ठानले अमेरिका, फ्रान्स र अन्य देशहरूको वैज्ञानिक क्षेत्रसँग घनिष्ठ वैज्ञानिक अनुसन्धान सहयोग गरेको छ। यसको व्यावसायिक मापदण्डको बारेमा कुनै शंका छैन। बीबीसीको भर्खरको लेखले नयाँ कोरोना भाइरस वुहान भाइरस प्रतिष्ठान वा अन्य भाइरस प्रयोगशालाबाट चुहेको भन्ने कुरा हालसम्म कुनै प्रमाण नपाएको औँल्याएको छ।

नयाँ कोरोना भाइरस फैलिएपछि, वुहान भाइरस प्रतिष्ठानले भाइरस अनुसन्धान कार्य गर्दै आएको छ। यसले विश्व स्वास्थ्य संगठनलाई भाइरसको सम्पूर्ण जिनको अनुक्रमको खुलासा गरेर प्रारम्भिक पत्ता लगाउने विधि निर्धारण र विश्वभरिका देशहरूमा भ्याक्सिन विकासको लागि महत्वपूर्ण आधार तयार गरेको छ।

जानकारी तथा लेखहरु