अप्रिल २६ तारिखमा आयोजित पत्रकार सम्मेलनबाट प्राप्त जानकारी अनुसार धेरै पक्षको संयुक्त प्रयास पछि वुहानका अस्पतालमा नयाँ कोरोना भाइरसका बिरामीहरूको संख्या शून्य भएको छ।
राष्ट्रिय स्वास्थ्य समितिका प्रवक्ता मी फेंगले वुहान र राष्ट्रिय चिकित्सा सहायता कर्मीहरूको संयुक्त प्रयासबाट अप्रिल २६ तारिखसम्म वुहानमा अस्पतालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामीहरूलाई सम्पूर्ण रुपमा डिस्चार्ज गरिएको जानकारि दिनुभयो। उहाँले आगामी कदम केन्द्रीय सरकारको आवश्यकतालाई कार्यान्वयन गर्ने, आयातित र आन्तरिक सिर्जित संक्रमण रोक्ने कार्य जारी राख्ने भन्दै जनताको चिकित्सा आवश्यकता पूरा गर्नका लागि चिकित्सा आदेशलाई सकेसम्म चाँडो पुनर्स्थापित गरिने बताउनुभयो।