फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ र इरानका राष्ट्रपति रोहानीबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-04-28 17:34:59

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २७ तारिख राति इरानका राष्ट्रपति हास्सान रोहानीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सी चिन फिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट इरान सरकार र इरानका जनताले कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि अभिवादन र समर्थन व्यक्त गर्नुभयो। सीले यस पटकको महामारीको प्रतिरोध लडाइँमा चीन र इरानले संयुक्त रुपमा कठिनाइको सामना गरेका कुराले दुई मुलुक र दुई मुलुकका जनताको गहिरो मित्रता देखाएको कुरा बताउनुभयो। चीनले इरानलाई धेरै खेपका सामग्री प्रदान गरिसकेको बताउँदै इरानलाई चिकित्सा विशेषज्ञ टोली पठाएको कुरा सीले बताउनुभयो। राष्ट्रपति रोहानीको नेतृत्वमा इरानका जनताले छिटो रुपमा महामारीलाई पराजित गर्ने विश्वास सीले व्यक्त गर्नुभयो।

सीले विश्वव्यापी ठूलो आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाबारे अन्तर्राष्ट्रिय समाजले समन्वय र सहयोग गर्ने मात्र महामारीलाई पराजित गर्ने साझा शक्ति पूरा गर्नसक्ने कुरामा जोड दिनुभयो।

रोहानीले चीनले सफलताका साथ महामारीको नियन्त्रण गरेकोमा खुशी लागेको कुरा बताउनुभयो। रोहानीकाअनुसार, चीनले इरानका जनताले महामारीको प्रतिरोध गर्नका लागि अमूल्य सामग्रीको सहायता दिएकोमा इरानले कृतज्ञाता ज्ञापन गरेको छ। इरानले चीनसँग स्वास्थ्यआदि क्षेत्रहरूको सहयोगलाई बढाउने, दुई मुलुकको रणनैतिक साझेदारी सम्बन्धको विकास गर्ने आशा लिएको छ।

जानकारी तथा लेखहरु