कोभिड-१९ महामारी अधुरै रह्यो। अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका आदि क्षेत्रमा महामारीको अवस्थाबारे डब्लुएचओलाई चिन्ता लागेको छ। धेरै देशको पहिचान क्षमता अपर्याप्त भएर तथ्यांक कम मूल्यांकन गरिएको छ। डब्लुएचओका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसले २७ तारिख उक्त कुरा बताउनुभएको हो।
सोहि दिन डब्लुएचओ आपतकालीन परियोजनाका प्रविधि प्रमुख मारिय भान केर्होभले हालसम्म कोभिड-१९को भाइरस तुलनात्नक रूपमा स्थिर रहेको कुरा व्यक्त गर्नुभएको छ। प्रसार क्षमता वा गम्भीर रोग बनाउने क्षमतामा विभिन्न देशमा पत्ता लगाइएको भाइरससँग भिन्नता छैन।
केही देशले महामारीबाट संक्रमित बिरामीलाई "खोप प्रमाणपत्र" दिने विचार गर्दैछ। हाल एन्टिबडी प्रतिक्रिया र प्रतिरक्षासम्बन्धी अनुसन्धानको निष्कर्ष छैन। त्यसैले एन्टिबडी प्रतिक्रियाले प्रतिरक्षा क्षमताको पुष्टि नगरेको कुरा प्रमुख मारियले प्रकट गर्नुभएको छ।