फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओद्वारा मानिस हुनुको सबैभन्दा आधारभूत रेखा उल्लंघन

(GMT+08:00) 2020-04-28 21:25:24

केही दिनअघि एशिया प्रशान्त मामिलासम्बन्धी अमेरिकी परराष्ट्र मन्त्रालयका पूर्व सहायक परराष्ट्र मन्त्री कुर्ट क्याम्बेल र येल विश्वविद्यालयअन्तर्गत चीन केन्द्रका उच्चस्तरीय अध्ययनकर्ता रुश डोशीले "कूटनीतिक मामिला" पत्रिकामा लेख प्रकाशित गर्दै विश्वको सार्वजनिक उत्पादित-वस्तुको आपूर्ति, विश्वसंकटको सामनामा परिचालन र समन्वय क्षमता तथा इच्छाशक्ति आदि क्षेत्रहरूमा नराम्रो अभिनय देखिएको र कोरोना भाइरसबारे "वाशिङटनको नराम्रो अभिनय" भएको कुरा बताएका छन्। अमेरिकी प्रथम कूटनीतिज्ञको रुपमा रहेका अमेरिकी परराष्ट्र मन्त्री पोम्पेओ आफ्नो जिम्मेवारीबाट पन्छिनुहुँदैन।

पहिलो, पोम्पेओले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहायता रोक्ने कदम अगाडि बढाएको छ। यसले विश्व महामारीको प्रतिरोध खास गरी अति कम विकसित मुलुक र कमजोर समूहले महामारीको प्रतिरोध गर्न अहितकर छ।

दोस्रो, अमेरिका सरकारले महामारीको सामना क्षेत्रको गलत अभिनय ढाक्नका लागि पोम्पेओले आफ्नो जिम्मेवारी अरुमाथि थोपरेका छन्।

तेस्रो, पोम्पेओको समर्थनमा अमेरिका सरकारले इरान, क्युबाआदि मुलुकहरूमाथि निरन्तर रुपमा दवाव थपिरहेको छ।

चौथो, पोम्पेओले अमेरिकाको महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा नागरिक जीवनलाई वेवास्ता गरेका र सधैं नै राजनैतिक स्वार्थ हेरिरहेका छन्।

जानकारी तथा लेखहरु