|
|
|
|||||||||
|
||

जनवरी २१ तारिख अमेरिकामा कोभिड-१९बाट संक्रमित पहिलो बिरामी भएदेखि तीन महिनाको छोटो समयमा संक्रमित बिरामीको संख्या लाखभन्दा बढी पुग्नुका साथै जसबाट करिब ५० हजारको मृत्यु भएको छ। यो अंक विश्वका कुनै पनि देशभन्दा बढी भएको देखिन्छ। किन? अमेरिकी सञ्चार माध्यमले तीन कारण पत्ता लगाएका छन्।
पहिलो, महामारीको प्ररम्भिक समयमा अमेरिका सरकार र नेतागणले चेतावनीको वेवास्ता गरेर "मौकाको झ्याल" छुटाएका छन्।
दोस्रो, सरकारको तयारी अपर्याप्त हुनुका साथै चिकित्सा आपूर्ति अभव हुँदा सामनाको समन्वय पनि नराम्रो छ।

तेस्रो, महामारी तीव्र फैलिएपछि अमेरिका सरकारले सक्रिय रूपमा सामना नगर्ने मात्र होइन, आफ्नो गल्ती छोप्न अरूमाथि हिलो छ्यापेर बस्यो।
भविष्यमा अमेरिकामा महामारीको कस्तो विकास हुनेछ। यो अमेरिका सरकारको निर्णय तथा कदमसँग प्रत्यक्ष सम्बन्धित रहेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||